२०८१ वैशाख ८ गते | 20th of April 2024

भारतीय विदेशसचिव हर्षवर्धन बिहिवार काठमाडौ आउदै , चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण तयारी

खुल्लामन्च
 प्रकाशित: २०७७ मंसिर ८ गते १३:३५

  काठमाडौ- नेपालको परराष्ट्र मन्त्रालयले एक वरिष्ठ भारतीय कूटनीतिक अधिकारीले  काठमाडौको भ्रमण गर्ने बताएको छ।परराष्ट्र मन्त्रालयले  विज्ञप्ति जारी गर्दै भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाको नेपाल भ्रमणको मिति सार्वजनिक गरेको हो।

भारतको विदेश मन्त्रालयले उक्त भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको अभ्यासको निरन्तरता भएको र यसले नेपालसँगको सम्बन्धलाई भारतले दिएको प्राथमिकता झल्काउने उल्लेख गरेको छ।भ्रमणको पहिलो दिन बिहीवार भारतीय विदेशसचिवले आफ्ना नेपाली समकक्षीसँग द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा वार्ता गर्ने परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

त्यही दिन उनले अन्य उच्च पदस्थ भेटवार्ताहरू गर्नेछन् र नेपाल सरकारलाई कोभिड-१९ सँग सम्बन्धित सहायता हस्तान्तरण गर्नेछन्।  हालै मात्र  भारतका गुप्तचर निकायका प्रमुख र स्थल सेनाध्यक्षले   काठमाडौको भ्रमण गरेपछि अघिल्लो वर्षदेखि सीमा विवादका कारण लगभग ठप्प रहेको नेपाल भारत संवाद पुन: सुरु भएको थियो। भारतीय विदेशसचिव श्रृंगलाको भ्रमणलाई नेपाल-भारत सम्बन्ध सुधारको महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।

उनी स्वदेश फर्किएलगत्तै बेइजिङबाट चिनियाँ रक्षामन्त्री नेपाल आउने तयारी भइरहेको र त्यसका लागि सुरक्षा तयारी अघि बढाउन प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएका बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *