२०८१ वैशाख ११ गते | 23rd of April 2024

नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या २ लाख ४ हजार ८ सय ५८

खुल्लामन्च
 प्रकाशित: २०७७ मंसिर ९ गते १२:२८

काठमाडौं – कोरोना भाइरस संक्रमणबाट आज थप २ हजार ७ सय ९१ जना निको भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या २ लाख ४ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ९१ प्रतिशत रहेको छ । यसैगरी आज थप १ हजार ७ सय ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज १० हजार ८ सय ४३ वटा नमूनाको रियल टाईम पिसिआर परीक्षण गर्दा १ हजार ६९ जना पुरुष तथा ७ सय २१ जना महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज काठमाडौ उपत्यकामा ५ सय ३७ जना पुरूष र ४ सय १० जना महिला गरी जम्मा ९ सय ४७ जना संक्रमित थपिएका छन् । यो संगै नेपालमा हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

देशभर गरी १७ हजार ८ सय ५९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।सक्रिय संक्रमितमध्ये ६ हजार ५ सय १८ जना होम आइसोलेसन तथा बाँकी ११ हजार ३ सय ४१ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसन सेन्टरहरूमा रहेका छन् ।गम्भीर लक्षण देखिएका ३ सय ९३ जना संक्रमितको आईसियू तथा ५७ जनाको भेन्टिलेटरमा राखेर उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।यसैगरी आज कोरोना संक्रमणका कारण थप २४ जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या १ हजार ३ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *