1

नेकपाको सचिवालय बैठक भोलि बस्दै , अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव पेश गर्ने

61 पटक पढिएको

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि शनिबार १ बजे बस्दैछ । यसअघि मंसिर ३ गते बुधबार बसेको सचिवालय बैठक १० दिनपछि पुनः बस्न लागेको हो । यसअघि बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्ताव पेश गर्नुभएको थियो । तर सो प्रस्ताव दुवै अध्यक्षको सहमतिमा नआएकाले त्यसलाई आधिकारिक प्रस्ताव भनिएको छैन । अर्का अध्यक्ष केपी शर्मा ओलीले सो प्रस्तावलाई आरोपपत्रको संज्ञा दिनुभएको छ ।

सचिवालयका एक सदस्यका अनुसार बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको छ । बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव पेश गर्ने बताइएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार राजनीतिक प्रस्ताव तयारी अवस्थामा रहेकाले भोलिको बैठकमा पेश हुनेछ ।

यसअघि अध्यक्ष प्रचण्डले पेश गर्नुभएको प्रस्तावमा उठाइएको प्रश्न तथा आरोपको जवाफ समेटेर पार्टीको समस्या समाधानमा प्रस्ताव उन्मुख रहेको बालुवाटार स्रोतले बताएको छ । अध्यक्ष प्रचण्डले १९ बुँदे प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्तावलाई उहाँले पार्टीको तल्लो पङ्तिसम्म अध्ययनका लागि कार्यकर्तालाई पठाइसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया

काठमाडौं -कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत.. ...

       अमेरिका - जो बाइडनले अमेरिकाका ४६‍औँ राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन्। उनलाई.. ...

अमेरिका - अमेरिकी राष्ट्रपतिमा  निवार्चित जो बाइडेन र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिस.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...