२०८१ वैशाख ६ गते | 18th of April 2024

रुकुमको पुथाउत्तरगंगा गाउँपालिकाकी निर्वाचित महिला सदस्यको हत्या

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २७ गते ३:१४

 

रुकुम २७ असार । स्थानीय तहको दोश्रो निर्वाचनमा रुकुमको पुथाउत्तरगंगा गाउँपालिका–७ बाट निर्वाचित सदस्य बयान कामीको हत्या भएको छ । उनको खुकुरी प्रहारबाट हत्या गरिएको प्रहरीले जनाएको छ । उनी नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएकी हुन ।
हत्याको आशंकामा श्रीमान टेकबहादुर कामीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक थमन रम्जालीले बताएका छन । रम्जालीका अनुसार श्रीमान श्रीमतीको बेला बेला झगडा हुने थाहा भएको कारण श्रीमानबाटै हत्या भएको हुनसक्ने आसंका गरिएको छ ।

सोमबार भएको घटनाको प्रहरीले अनुसन्धान भैरहेको जनाएको छ । मृतकको टाउको र अनुहारमा खुकुरीको चोट रहेका छन् । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले रुकुममा ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *