२०८१ वैशाख ६ गते | 18th of April 2024

एएफसी यु २३ बंगलादेश भर्सेस नेपाल भिडदै

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २७ गते ३:२०

काठमाडौं, २७ असार । एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाल र बंगलादेशबिच मंगलबार मैत्रीपूर्ण खेल हुँदैछ । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुनेछ । मैत्रीपूर्ण खेलका लागि नेपाली टोली तयारी अवस्थामा रहेको प्रशिक्षकले बताएका छन् ।
आउँदो हप्ता युएईमा हुने एसियन कप छनोटका लागि मंगलबारको मैत्रीपूर्ण खेलले सहयोग गर्ने छ ।
त्यस्तै कप्तान विमल घर्ती मगरले १६ वर्षमुनि र १९ वर्षमुनि टोलीमा समावेश खेलाडी सहभागी भएकाले पनि तयारी राम्रो रहेको मान्न सकिन्छ ।

२३ वर्षमुनिको एसिया कप छनौटमा आउँदो हप्ता नेपालले युएईमा घरेलु टोलीसहित, उज्वेकिस्तान र लेबनानसँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *