२०८१ वैशाख १४ गते | 26th of April 2024

नम्रता श्रेष्ठ बनिन २०२० को मिस नेपाल

खुल्लामन्च
 प्रकाशित: २०७७ मंसिर २१ गते १३:०८

काठमाडौं – मिस नेपाल–२०२० को उपाधि नम्रता श्रेष्ठले हात पारेकी छिन् । फाइनलमा पुगेका पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल–२०२० को उपाधि उचालेकी हुन् ।  समाजशास्त्रकी विद्यार्थी नम्रताले मिस इन्टलेक्चुअल टाइटल पनि जितिइन् । नम्रता पेशाले किन्डर गार्डेनकी शिक्षिका पनि हुन् ।आयोजकले कल्पना गर्नुहोस्, ‘तपाईँ सानो ढुङ्गा हो, जो पोखरीमा ढुङ्गा खसेपछि सुन्दर तरङ्ग फैलाउँछ, तपाईँ नेपाली महिलाको जीवनमा लामो समयसम्म तरङ्ग फैलाउन चाहनहुन्छ ? भन्ने प्रश्नमा उनले नेपाली महिलालाई सकारात्मक सोचका साथ अगाडि बढाउने हो भने संसार जित्न चाहन्छन् भन्ने जवाफ दिएकी थिइन् ।

मिस नेपाल श्रेष्ठले नगद दुई लाख ५० हजारसहित कार्यालय प्रयोजनका लागि गाडीसमेत पाएकी छिन् । मिस नेपाल श्रेष्ठ चीनमा हुने मिस वल्र्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुने छिन् ।

प्रतियोगितामा मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल सन्ध्या शर्मा र मिस सुपरनेशनल सिमल कनौजियाले जितेका छन् । उनीहरु तीनै जनाले नगद २ लाख ५० हजार प्राप्त गरेका छन् । आयोजक हिडन ट्रेजरले सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

कोभिड–१९ का कारण केही महिना पछि धकेलिएको प्रतिस्पर्धा  शनिबार सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *