२०८१ वैशाख ८ गते | 20th of April 2024

पशुपतिनाथ मन्दिर नौ महिनापछि पूर्णरुपमा खुल्ला

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष १ गते १४:११

काठमाडौ- हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर आजबाट पूर्णरुपमा खुल्ला गरिएको छ । कोरोना महामारीसँगै सरकारले गरेको लकडाउनको कारण बन्द रहेको पशुपतिनाथ आजबाट भक्तजनका लागि खुल्ला गरिएको हो । मंगलबार पशुपतिनाथ मन्दिरमा क्षमापूजा गरिएकाे थियाे ।

लामाे समय पछि खुला गरिएका कारण मन्दिरमा पूजा गर्न बिहानैदेखि भक्तजनहरुकाे भीड लागेकाे थियाे । मन्दिरमा पशुपति क्षेत्र विकास कोषका स्वयसेवक, नेपाल प्रहरी, सशस्त्र प्रहरीको उपस्थितिबीच भक्तजनले बुधबार दर्शन गर्नुभएको हो । पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेशको अनुमति दिइएको र सोही ढोकाबाट बाहिर निस्कने अनुमति दिइएको थियो । पशुपति विकास कोषका अनुसार मन्दिर प्रवेश गर्न मास्कको अनिवार्य प्रयोग तथा विकास कोषले स्वास्थ्य सजकतालाई ध्यानमा राखेर मन्दिर खोलिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *