२०८१ वैशाख १३ गते | 25th of April 2024

अमेरिकासँग आर्थिक, सामाजिक, राजनीतिक तथा कुटनीतिक सम्बन्ध विस्तार पहिलो प्राथामिकता : राजदूत डा. खतिवडा

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष १२ गते १४:०९

काठमाडौं – अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत डा.युवराज खतिवडाले नेपाल–अमेरिकाबीच थप आर्थिक, राजनीतिक तथा कुटनीति सम्बन्ध सुदृढ गर्ने बताएका छन् । अमेरिकामा कार्यभार सम्हाल्न जानुअघि आइतबार नेपाल उद्योग परिसंघसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै राजदूत खतिवडाले यस्तो बताएका हुन् ।

परिसंघसँगको अन्तरक्रियामा बोल्दै राजदूत खतिवडाले भने, ‘मुलुकको हितका लागि मेरो सँधै सकारात्मक पहल हुनेछ । मेरो कार्यकालमा अमेरिकासँगको आर्थिक, सामाजिक, राजनीतिक तथा कुटनीतिक सबै खाले सम्बन्ध विस्तार, सुधार एवम् सुदृढमा मुख्य पहल हुनेछ ।’ खतिवडाले भने, ‘यसका लागि अन्य क्षेत्र तथा देशका लगानीकर्तालाई विश्वास दिलाउन र अन्तर्राष्ट्रिय सद्भाव वृद्धि गर्नु आफ्नो पहिलो प्राथमिकता रहनेछ । राजदूत खतिवडाले आफ्नो कार्यकालमा अमेरिकाबाट निजी तथा बहुपक्षीय लगानी जुटाउने कुरा आफ्नो मुख्य प्राथमिकता रहने समेत बताए ।
अमेरिकाले केही वस्तुहरुमा दिएको व्यापार सहुलियतको दायरा विस्तार गर्ने, सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउँदै डिजिटल इकोनोमी निर्माणमा सहयोग खोज्ने तथा अमेरिका स्थित बहुराष्ट्रिय वित्तीय संस्थाहरु विश्व बैँक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ठूला परियोजनामा लगानी भित्र्याउने कामलाई आफुले प्राथमिकतामा राखेको समेत राजदूत खतिवडाले बताए ।

राजदूत खतिवडासँगको अन्तक्र्रियामा नेपाल उद्योग परिसंघले संयुक्तराज्य अमेरिका र नेपालबीचको  आर्थिक साझेदारी बढाउन तथा द्विपक्षीय व्यापार प्रवद्र्धनका लागि भूमिका खेल्न राजदूत खतिवडासँग आग्रह गरेको छ ।   अर्थतन्त्रको कुशल विज्ञको रुपमा परिचित तथा जिम्मेवारी निर्वाह गरिसकेका डा.खतिवडाको अनुभवबाट राजदूतको कार्यकालमा समेत नेपालको आर्थिक विकासका लागि लगानी तथा व्यापार प्रवद्र्धन गर्न अमेरिकी पूँजी तथा प्रविधि भित्र्याउन ठूलो सहयोग पुग्ने विश्वास परिसंघले लिएको छ ।’

अमेरिकातर्फ निर्यात बढाउन बजार सहुलियतका वस्तुको सूची निकै कम रहेको र त्यसको निर्यातमा पनि समस्या रहेकाले आवश्यक कर तथा बजार प्रवेशका सहुलियतका लागि थप प्रयास गर्न, अमेरिकी लगानी भित्र्याएर अर्थतन्त्रको आधुनिकीकरण गर्न पनि राजदूत खतिवडाले  थप भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको पनि अध्यक्ष मोरले बताए ।परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले प्रविधिका क्षेत्रमा अमेरिकी लगानी भित्र्याउने, तयारी पोशाकको अमेरिकी बजार पहुँचका लागि थप प्रयास गर्ने, अमेरिका अध्ययन गरिरहेका नेपाली विद्यार्र्थीलाई नेपालमै अवसर देखाउनेतर्फ राजदूत खतिवडाको सक्रिय भूमिकाको अपेक्षा गरिएको बताए ।  त्यस्तै, परिसंघका उपाध्यक्ष अनुज अग्रवालले वातावरण संरक्षणमा अमेरिकी लगानी बढ्ने देखिएकाले त्यसलाई नेपालले पनि प्राप्त गर्न अहिले देखि प्रयास गर्नुपर्नेमा ध्यान पुर्याउन राजदूत खतिवडालाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *