२०८१ वैशाख ७ गते | 19th of April 2024

काँग्रेसको ढुलमुले निती, संसद पुर्नस्थापना कि निर्वाचन ?

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष १३ गते १४:४०

काठमाडौं – प्रतिनिधीसभाको बिघटन पछि नेपाली काँग्रेसले आयोजना गरेको बिरोध सभा नाम दिएको आजको देशव्यापी प्रर्दशनमा नेताहरुले बिघटनको समर्थन नगरे पनि बिरोध भने नगरेको पाइएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरिदिएपछि त्यही दिन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवैको कदम असंवैधानिक घोषणा गरेको थियो ।

केन्द्रीय समिति बैठकमा प्रवेश गरेपछि चुनावमा जाने अथवा आन्दोलनमा जाने विवादमा फसेको कांग्रेसले चारदिनको छलफलपछि बल्ल आन्दोलनमा जाने निर्णय गर्यो । आन्दोलनमा उठाउने मुद्दाका विषयमा पुनःविवादित बनेको कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनस्र्थापनाको विषय अदालतमा प्रवेश गरिसकेको भन्दै त्यो मुद्दा आन्दोलनको मुद्दा नबन्ने घोषणा गरे । सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले वक्तव्य नै जारी गरेर प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध कांग्रेस आन्दोलनमा जाने सर्वसम्मत निर्णयमा पुगेको दावी त गरे तर, सोमबारको आन्दोलनमा केन्द्रीय समितिभित्र देखिएकै मत सार्वजनिक भएको छ ।  वरिष्ठ नेता पौडेल, नेताहरु प्रकाशमान सिंह, डा. मिनेन्द्र रिजाल, गगन थापासहितले संसद पुनस्र्थापनाको माग जोडदार रुपमा उठाए भने सभापति देउवा, महामन्त्री डा. शशांक कोइराला, सह–महामन्त्री डा. प्रकाश शरण महत र प्रवक्ता विश्व प्रकाश शर्मासहितका नेताहरु संसद पुनस्र्थापनाका विषयमा मौन बसे । “संसद विघटनको विषय सम्मानित सर्वोच्च अदालतमा पुगको छ, हामी अदालतलाई दबाबमा पारेर निर्णय गराउने पक्षमा छैनौं,” देउवाले आज भक्तपुरमा आयोजित बिरोधसभालाई सम्बोधन गर्दे   भने।  वरिष्ठ नेता पौडेल भने तनहुँमा अदालतलाई शक्तिको त्रासभन्दा संविधानको अक्षरस र भावना हेर्न आग्रह गरिरहेका थिए ।  नेता डा. मिनेन्द्र रिजालले ओलीको निर्वाचन क्षेत्र पुगेर संसद पुनः स्थापना गरेरै छोड्ने भन्दै प्रधानमन्त्री ओलीलाई चुनौती नै गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *