२०८१ वैशाख ७ गते | 19th of April 2024

ओली वैशाखसम्म मात्र प्रधानमन्त्री रहने प्रचण्डको दाबी, राजनीतिक इतिहासमा पत्तासाफ हुने प्रचण्डको ठोकुवा

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष १४ गते १४:१७

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओली  वैशाखउता  प्रधानमन्त्री नरहने दाबी गर्दै  उनी राजनीतिक इतिहासमा पत्तासाफ हुने बताए ।   संसद् विघटनविरुद्धमा नेकपा (दाहाल–नेपाल) पक्षले मंगलबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै दाहालले संविधानमाथि प्रहार गरेर ओलीले   इतिहासमा कलंकको टीका लगाएको बताएका छन् ।

दाहालले लोकतन्त्रमाथि घात गरे भनेर ओलीले पश्चताप नगरेसम्म जनताले उनलाई क्षमा नदिने पनि बताए । ‘संविधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरेर केपी ओलीले संसद विघटनको प्रस्ताव गर्नुभयो त्यो गलत छ । सदन भंग भएको छैन । हामी माननीय सदस्यहरु अहिले पनि जीवित छौं । भंग भएको त केपी ओलीको सरकार हो । संविधानविरोधी काम गरेर केपी ओलीले आफूले आफूलाई विघटन गराएका छन् दाहालले भने ।दाहालले पार्टीको वैधानिकता र झन्डाको विषयमा घामजस्तै छर्लंग रहेको भन्दै अदालत र निर्वाचन आयोगप्रति आफूहरुको आस र भरोषा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *