२०८१ वैशाख ७ गते | 19th of April 2024

जनवरी १ अर्थात नेपाली टोपी दिबस

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष १४ गते १४:४६

काठमाडौ-   जनवरी १ तारिखलाई  अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका रुपमा यस वर्ष पनि मनाईने भएको छ । नेपाली टोपी प्रतिष्ठानको अग्रसरतामा विगत सात वर्ष देखि यो अभियानलाई दिवसकैरुपमा मनाउन थालिएको हो ।    यस वर्ष पनि हामीले  “आठौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस” मनाउदैछौं  – प्रतिष्ठानका अध्यक्ष शंकर बन्जाडेले भने  ।  जनवरी १ तारिखलाई नेपाली टोपी दिवसको रुपमा स्थापना गर्ने तथा नेपाली टोपीलाई बिश्वभर फैलिएका नेपाली वा नेपालीमुलका नागरिक एवं सम्पूर्ण नेपालीभाषीहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु प्रमुख उद्देश्य रहेको उनले बताए  ।

संसारभर फैलिएका नेपाली भाषी  एवम् नेपाली मूलका नागरिक सबैको नेपालीपनको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित होस् भन्ने उद्धेश्यका यस अभियानको थालनी भएको हो । संस्थापक अभियन्ता डा. लेखनाथ काफ्ले र शंकर बन्जाडेले सामाजिक संजालबाट शुरु भएको यस  अभियानलाई संस्थागत र थप ब्यबस्थित बनाउन  प्रतिष्ठानका सल्लाहकार तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत  नवराज पोखरेलको विशेष पहलमा, हालसम्म विश्वका ३९ देशमा समेत नेपाली टोपी प्रतिष्ठानका शाखा गठन भै सकेका छन्  र थप गठन हुने प्रक्रियामा रहेको बताईएको छ ।   यस अवसरमा बिश्वभर छरिएर बसेका सम्पूर्ण नेपाली तथा नेपलीमूलका सबै नागरिकहलाई यहि पौष १७ गते (जनवरी १ तारिख, २०२१) का दिन आफ्नो अवस्था अनुकुल अनुसार नेपाली टोपी पहिरेर नेपालीहरुको अन्तर्राष्ट्रिय पहिचानको रुपमा नेपाली टोपीलाई व्यापकरुपमा स्थापित गराउन सहयोग गर्नु हुन  पनि प्रतिष्ठान तथा अभियानले सबैमा आग्रह  गरेको छ ।

संसारभर फैलिएको कोभिड महामारी र यसले मानब स्वास्थ्यमा पार्न नसक्ने नकारात्मक प्रभावलाई मध्यनजर गर्दै यस बर्ष प्रतिष्ठानका तर्फबाट भौतिकरुपमा मानिसहरु भेला भई गरिने कुनैपनि औपचारिक कार्यक्रमको आयोजना  भने गरिएको छैन ।  यस पटकको टोपी दिवस सामाजिक दुरी कायम गरी, स्वास्थ्य सम्बन्धि सबै नियमहरु पालना गरी संबन्धित देशका नियम परिधिभित्र रही  मनाउन पनि अभियानले अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *