२०८१ वैशाख १२ गते | 24th of April 2024

प्रचण्ड-माधव नेपाल समूहले दोस्रो चरणको आन्दोलन घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष १८ गते १३:०२

काठमाडौ-   नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव नेपाल समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । यो आन्दोलन एक महिना लामो समयसम्म हुने नेकपाले जनाएको छ। शनिबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दोस्रो चरणको आन्दोलन घोषणा गरेका हुन्। संविधान र लोकतन्त्र रक्षाका निम्ति दोस्रो चरणको आन्दोलन गर्नुपर्ने निष्कर्षमा पार्टी पुगेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

‘प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र प्रतिगामी निर्णयका विरूद्ध विभिन्न दलहरूसँग छलफल गरे पनि निर्णय आइनसकेको अवस्थामा दोस्रो चरणको आन्दोलन घोषणा गरिएको छ,’ पत्रकार सम्मेलनमा श्रेष्ठले भने। वर्तमान सरकारले संविधानमा हमला गर्दै लोकतन्त्रिक मूल्य मान्यतालाई क्षतविक्षत पारेको उनले बताए। सरकार कामचलाउ भए पनि मन्त्रिपरिषद पुनर्गठनजस्ता काम जारी राखेको उनले बताए।

आन्दोलन  कार्यतालिका :

  • पुस २० गतेसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम
  • पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन
  • पुस २१ गते संघीय राजधानी र विभिन्न सहरी केन्द्रहरूमा राजनीतिक पार्टीहरूसँग अन्तरक्रिया
  • २३ पुसमा नागरिक समाजसँग अन्तरक्रिया
  • २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने
  • २६ पुसमा सडक संविधान वाचन व्याख्या कार्यक्रम
  • २७ पुसमा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला
  • २८ पुसमा घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने र असंवैधानिक एवम् प्रतिगामी कदमविरुद्ध सबै वडामा व्यानर राख्ने
  • २९ पुसमा निर्वाचन क्षेत्रस्तरीय कार्यकर्ता भेला
  • ३० पुसमा सबै वडामा विरोध प्रदर्शन र सभा
  • ५ माघमा सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा
  • १० माघमा राजधानी लगायतका सबै सहरी केन्द्रहरुमा मोटरसाइकल र्‍याली
  • १६ माघमा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा र १७ गते प्रदेश २ मा विरोध सभा
  • २२ माघमा वडा तहमा मसाल जुलुस
  • २३ माघमा राजधानीमा विरोध प्रदर्शन

Leave a Reply

Your email address will not be published. Required fields are marked *