२०८१ वैशाख ७ गते | 19th of April 2024

संसद पुनर्स्थापना हुन्छ भनेर कसले भन्यो ? : ओली

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष १८ गते १३:१८

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको आधिकारिक पक्ष आफूहरू भएको  र पार्टी विभाजन भएको भ्रममा नपर्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन ।

नेकपा काठमाडौं जिल्ला कमिटीले आज काठमाडौँमा गरेको कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले पार्टी गठन हुँदाको पृष्ठभूमि तथा पार्टी विधान अनुसार पार्टीको मूलधार आफूहरू भएको  दाबी पनि गरे । ओलीले देश चुनावमा गइसक्यो भन्दै संसद पुनर्स्थापना हुन्छ भनेर कसले भन्यो? भनी प्रश्न सोधे। ‘संसद पुनर्स्थापना भयो भने प्रधानमन्त्रीलाई प्रधानमन्त्री बनाउने भन्ने कुरा भइरहेका छन्, कहाँबाट आयो यो? निर्वाचन आयोग, सुरक्षा निकाय चुनावमा लागिसके,’ उनले भने। ओलीले खिया लागेका दुई वटा नट र बल्टु फुक्लिनेसाथ पार्टी गतिसाथ अघि बढेको पनि  बताएका छन्।

‘हिजो निर्वाचन आयोगबाट प्राप्त गरेँ। उहाँहरूले निवेदन हाल्नुभएको रहेछ हामी सक्कली हो भनेर। बरमझियाको पेडा पसल हो र सक्कली र नक्कली भन्नलाई?,’ ओलीले भने। अहिले प्रचण्ड-माधव नेपाल असली हुँ भन्दै पेरिसडाँडा गएको भन्दै उनले त्यस्तो प्रश्न गरे। ‘हिजो निर्वाचन आयोगले मलाई सोध्यो, जसको घर हो त्यो निवेदन हाल्न जान्छ, जसको जमिन हो मेरो जमिन हो भनिरहन्छ? यो मेरो गाडी हो भनेर निवेदन हाल्न जानुपर्छ?,’ उनले भने, ‘निवेदन हाल्न जानुपर्ने आवश्यकता छैन।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *