२०८१ वैशाख ८ गते | 20th of April 2024

चीन जान लागेको विश्व स्वास्थ्य संगठनको टोलीलाई रोक

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष २२ गते १३:५१

एजेन्सी  – चीनले कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गर्न चीन जान लागेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीलाई रोकेको छ।डब्लुएचओबाट खटिएको उक्त टोलीका सदस्यहरूको भिसा स्वीकृत नभएको जनाउँदै चीनले प्रवेशमा रोक लगाएको द गार्डियनले जनाएको छ। तर केही सदस्यहरू चीनका लागि उडिसकेका छन्।

डब्लुएचओ महानिर्देशक टेड्रोस अडानोम गेब्रियससले संगठनको टोलीलाई प्रवेश गराउन चिनियाँ अधिकारीहरूसँग सम्पर्क गरिसकेको बताएका छन्। ‘यो समाचारबाट म एकदमै निराश छु, दुई जना सदस्यले आफ्नो यात्रा सुरू गरिसकेका छन् र अन्तिम समयमा अरूले भ्रमण गर्न पाएनन्,’ उनले भने, ‘तर म चिनियाँ उच्च अधिकारीहरूको सम्पर्कमा छु। र फेरि एकचोटि यो मिसन  डब्लुएचओ र अन्तर्राष्ट्रिय टिमका लागि महत्वपूर्ण रहेको प्रष्ट पारेको छु।’

संगठनले विभिन्न राष्ट्रका विज्ञ भएको टोलीलाई केही महिनाका लागि वुहानमा अध्ययन गर्न पठाउने योजना बनाएको थियो। यसका लागि उसले गत जुलाईदेखि नै चिनियाँ अधिकारीहरूसँग कुरा गर्न थालेको थियो। वैज्ञानिकहरूले यो भाइरसको उत्पत्ति कसरी भयो र मानिसमा कसरी सर्‍यो भन्ने जान्न जरूरी रहेको बताउँदै आएका छन्।  डब्लुएचओको टोली वुहानमा सुरूमा देखिएका संक्रमणबारे अध्ययन गर्न जान लागेको हो। भाइरसको उत्पत्ति चीनको ल्याबमा वैज्ञानिकहरूले बनाएको भन्ने दाबीबारे जाँच गर्न सो टोली नगएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *