२०८१ वैशाख ७ गते | 19th of April 2024

प्रतिनिधी सभा पुर्नस्थापना हुनेमा काँग्रेसमा आंशका , चुनाव गराएनन् भने ओलीलाई सडकबाटै फाल्ने देउबाको चेतावनी

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष २५ गते १३:२३

काठमाडौं –   प्रतिनिधीसभा बिघटनको बिरोधमा विभिन्न बिरोधका कार्यक्रम घोषणा गरेको नेपाली काँग्रेसलाई अदालतले संसद पुर्नस्थापनाको पक्षमा फैसला नगर्ने बुझेको छ । आगामी बैशाखमा निर्वाचनको मिति घोषणा गरेको केपी सरकारले चुनाव तोकिएकै समयमा गराउन पर्ने नभए मात्र काँग्रेसले आन्दोलनलाई सशक्त बनाउने संकेत गरेको छ ।    काँग्रेस सभापति शेरबहादुर देउवाले बैशाखमा निर्वाचन नगराए प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकबाटै हटाउने चेतावनी दिएका छन्। देउवाले अदालतले मध्यावधिमा जाने ओलीको कदमलाई सदर गरे काँग्रेस चुनावमा जाने बताए । उनले भने, ‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हो, जनतामा जाँदा के बिग्रन्छ ?’ तर अदालतले संसद विघटनलाई सदर गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका रहेको देउवाको भनाइ थियो ।

काठमाडौमा आयोजित  विरोध सभामा सभापति  तर प्रधानमन्त्री ओलीले धनगढीमा गएर निर्वाचन गराउँछु भनेकाले आश गर्नुपर्ने  बताए । ‘धनगढीमा पुगेर शुक्रबार मात्र ओलीले चुनाव गराउँछु भन्नुभएको छ । अदालतले चुनाव गराउने निर्णय गर्‍यो भने सबैले भाग लिन्छन्, प्रचण्डजीहरुले पनि भाग लिन्छन् ।’ तर ओलीले चुनाव गराएनन् भने सबै मिलेर सडकबाटै फाल्ने देउवाको चेतावनी थियो । उनले भने, ‘ ओलीले निर्वाचन गराएनन् भने सबै नेपाली एक भएर सडकबाटै हटाउन बाध्य हुनेछौँ । त्यसबेला उनलाई देशमा बस्न नै गाह्रो हुनेछ ।’ तर ओली आफैं चुनाव प्रचारमा गइसकेकाले ढिलो चाँडो चुनाव हुने उनले विश्वास व्यक्त गरे । ‘मलाई  विश्वास छ, प्रधानमन्त्री ओलीले चुनाव गराउनु हुनेछ,’ देउवाले भने, ‘प्रधानमन्त्री चै चुनाव प्रचारमा जाने अनि हामी चै चुप बस्ने भनेर हुँदैन। चुनाव भए चुनावमा जाने नभए भोलि आन्दोलनमा जानका लागि काम गर्ने हो।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *