२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

अमेरिका र कतारबिच विद्रोही संगठनलाई आर्थिक सहयोग रोक्ने सहमति

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७४ असार २८ गते ५:५४

काठमाडौं २८ असार । अमेरिका र कतारबिच विद्रोही संगठनलाई आर्थिक सहयोग रोक्ने सम्बन्धमा सहमति भएको छ । अमेरिकी विदेश सचिव रेक्स टिलरसन र उनका कतारी समकक्षी शेख मोहम्मद विन अब्दुल रहमान अल थानीले सहमतिमा हस्ताक्षर गरेका छन ।
अरब क्षेत्रका केही देशले कतारसँग गरेको कुटनैतिक सम्बन्ध विच्छेद र यसपछि कतारमाथि गरेको नाकावन्दीबारे जेदाहमा हुने खाडी देशका विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन त्यहाँ पुगेका टिलरसन र कतारबिच यस्तो सहमति भएको हो ।
सहमति अनुसार आतंकवादी संगठनहरुले पाउने गरेको आर्थिक सहयोगहरु रोक्न पहल गरिनेछ । त्यस्तै आतंकवादी गतिविधिहरु रोक्न तथा त्यस्ता कार्य विरुद्ध कारवाही तीब्र बनाउने समेत पहल गरिने सहमतिमा उल्लेख रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । कतारले आतंकवादीलाई सघाएको आरोप लागेपछि साउदी अरब, संयुक्त अरब इमिरेट्स ९युएई०, बहराइन र इजिप्टले उसँगको कुटनीतिक सम्बन्ध विच्छेद गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']