समुद्रमा हराएको यात्रुवाहक विमानका ब्ल्याक बक्सहरू भएको स्थान पत्ता लाग्यो
58 पटक पढिएको
प्रकाशित मिति: २६ पुष २०७७, आईतवार
खुल्लामञ्च

जकार्ता – इन्डोनेशियाका अधिकारीहरूले शनिवार जकार्ताबाट उडेको केही छिनमै समुद्रमा हराएको यात्रुवाहक विमानका ब्ल्याक बक्सहरू भएको स्थान पत्ता लागेको जानकारी दिएका छन्। यसअघि जलसेनाले उक्त विमान दुर्घटनाग्रस्त भएको भन्ठानिएको क्षेत्र पत्ता लगाएको थियो। श्रीविजया एयरजेटको उक्त बोइङ ७३७ विमानमा चालकदलका सदस्यसहित कुल ६२ जना सवार थिए। उक्त विमान देशको पश्चिम कालिमान्तान प्रान्तस्थित पोन्टिआनक जानका लागि उडेको चार मिनेटमै रेडारको सम्पर्कबाट बेपत्ता भएको थियो।
विमान खोज्नका लागि जलसेनाका पौडीबाजसहित १० वटाभन्दा बढी पानीजहाज परिचालन भएका छन्। विमानको भग्नावशेष ठानिएका सामग्रीहरूको अनुसन्धानकर्ताहरूले विश्लेषण गरिरहेका छन्।

काठमाडौं -कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत.. ...

अमेरिका - जो बाइडनले अमेरिकाका ४६औँ राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन्। उनलाई.. ...

अमेरिका - अमेरिकी राष्ट्रपतिमा निवार्चित जो बाइडेन र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिस.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...