२०८१ वैशाख ७ गते | 19th of April 2024

खोप अभियानका रूपमा सञ्चालन गर्ने तयारी

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष २७ गते १४:०४

काठमाडौ-  स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना विरूद्धको खोप प्राप्तिका लागि सरकारले पहल गरिराखेको बताएका छन्। रूस, भारत र युएईका राजदूतसँग खोप आपूर्ति लगायतबारे कुराकानी गरिएको उल्लेख गर्दै मन्त्री त्रिपाठीले छिट्टै खोप ल्याइने जानकारी दिए।  मन्त्री त्रिपाठीले खोप अभियानका रूपमा सञ्चालन गर्ने तयारी भएको वताए ।  मन्त्रालयमा  आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘छिमेकी देशहरूमा खोप आइसक्यो हामीले कहिले पाउने भन्ने चिन्ता देखिएको छ।  हामी छिट्टै खोप ल्याउँछौं।’ उनले अन्य चिजजस्तो खोप ल्याउन सहज भने नरहेको बताए। ‘खोपको प्राप्ति अन्य व्यवसायिक चिजजस्तो रहेनछ यो राजनीतिक सामग्री हुन पुगेको छ।

केही निश्चित देशमा यसको विकास र आपूर्ति गर्न सक्ने अवस्था छ,’ उनले भने, ‘सरकारले ती देशका सरकारसँग निकटम सम्बन्ध राखेर खोप प्राप्तिका लागि पहल गरिराखेको छ।’ उनले खोप ल्याएपछि भण्डारण र खोप लगाउने जनशक्तिलगायत आन्तरिक व्यवस्थापनको काम अब धेरै बाँकी नरहेको पनि बताएका छन्।  खोप प्राप्तिका लागि हरेक सम्भावनालाई सरकारले अगाडि बढाइरहेको उनको भनाइ थियो। उनले खोप खरिद पारदर्शी हुने पनि प्रतिवद्धता जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *