२०८१ वैशाख १३ गते | 25th of April 2024

नेपाल भारत संयुक्त आयोगको बैठक बिहीबारदेखि नयाँ दिल्लीमा सुरु हुँदै ,प्रधानमन्त्री ओलीको भारत भ्रमण गर्ने वातावरण पनि मिलाउने अनुमान

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष २९ गते १४:२६

काठमाडौँ – नेपाल भारत संयुक्त आयोगको छैठौँ बैठक बिहीबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुँदै छ ।  बैठकमा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भोलि(बिहीबार) बिहान नयाँ दिल्ली प्रस्थान  जादैछन ।    बैठकमा सीमा समस्या, इपिजी प्रतिवेदन, सन् १९५० को सन्धि र कोभिड नियन्त्रणमा सहयोग आदान प्रदानलगायतका विषयमा छलफल हुने भएको छ ।

परराष्ट्र मन्त्री प्रदीप  ज्ञवालीले नेपाल भारत संयुक्त आयोगको बैठकमा सङ्घीय सांसदबाट स्वीकृत भएको नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भाग समेटिएको नक्साबारे पनि गम्भीरतापूर्वक छलफल हुने र समस्यालाई बल्झाई रहने भन्दा पनि समाधान गर्ने दिशातर्फ छलफल अघि बढ्ने वताए  । परराष्ट्र मन्त्री ज्ञवालीले कोभिड–१९ विरुद्धको नेपालको सङ्घर्षमा भारत सरकारले सहयोग गर्दै आइरहेको र आफ्नो भ्रमणका क्रममा कोभिड–१९विरुद्धको खोपको उपलब्धताबारे पनि थप छलफल हुने जानकारी  दिए  । मुलुकमा राजनीतिक विवाद चर्किरहेको बेला हुने यस्ता बैठकहरूमा नेपालको हात तल पर्न सक्ने आशङ्का व्यक्त भइरहेको छ भन्ने एक प्रश्नको जवाफमा मन्त्री ज्ञवालीले ती अनावश्यक आशङ्का भएको    पनि वताए   ।  सन् २०१४ मा काठमाडाँैमा यसको तेस्रो, सन् २०१७ मा नयाँ दिल्लीमा चौथो र सन् २०१९ मा काठमाडौँमा पाँचौँ बैठक बसेको थियो । नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी भइरहँदा परराष्ट्र मन्त्री ज्ञवालीले नयाँ दिल्लीमा उच्चस्तरीय भेटघाट पनि गर्नुहुने कार्यक्रम समेत तय भएको छ । त्यस क्रममा हुने विभिन्न भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदममा भारत सरकारको समर्थन जुटाउन मन्त्री ज्ञवालीले प्रयास गर्ने स्रोतले बताएको छ । मन्त्री ज्ञवालीले यस क्रममा निकट समयमै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण गर्ने वातावरण पनि मिलाउने अनुमान गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *