२०८१ वैशाख १४ गते | 26th of April 2024

यसरी हुदैछ बाइडेनको सत्तारोहण, समारोहमा राष्ट्रपति ट्रम्प नजाने

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ ६ गते १२:३३

अमेरिका – अमेरिकी राष्ट्रपतिमा  निवार्चित जो बाइडेन र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिस दुवै जना राजनीतिक परेडजस्तो देखिने सत्तारोहण समारोहमा शपथग्रहण गरेर मात्र ह्वाइट हाउस प्रवेश गर्नेछन्। अमेरिकामा नयाँ राष्ट्रपतिलाई औपचारिक रूपमा पदभार ग्रहण गराउने प्रक्रिया र समारोहलाई इनोग्यूरेशन भनिन्छ। उक्त समारोह राजधानी  वाशिङ्टन डीसीमा आयोजना हुन्छ। त्यसमा राष्ट्रपति निर्वाचितले पदको शपथको बेहोरा वाचन गर्छन्।

संविधानको रक्षा गर्ने प्रतिबद्धता समेटिएको शपथ लिएपछि जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति बन्नेछन्। सत्तारोहण समारोह त्यतिमै समापन हुने भए पनि केही समय त्यहाँ अरू कार्यक्रमहरू पनि हुनेछन्। कमला ह्यारिस पनि शपथ लिनेबित्तिकै उपराष्ट्रपति बन्नेछिन्। साधारणतया राष्ट्रपतिभन्दा पहिला उपराष्ट्रपतिले शपथ लिने चलन छ। कानुन अनुसार ज्यानुअरी २० को दिन नयाँ राष्ट्रपतिले पदभार ग्रहण गर्छन्। प्रारम्भिक मन्तव्य अनुसार बुधवार बिहान ११:३० बजे (नेपाली समयानुसार राति १०:१५ बजे) आरम्भ हुन्छ।

जो बाइडेन  र कमला ह्यारिसको सपथग्रहण मध्यदिनमा हुनेछ।  बाइडेन त्यही दिन अलि पछि ह्वाइट हाउसमा प्रवेश गर्नेछन् र त्यो उनको आगामी चार वर्षका लागि निवास हुनेछ।  बाइडेन ले परम्परानुसार बाहिर नै शपथग्रहण गर्ने अडान व्यक्त गरिरहेका छन्। यसपालि सहभागीको सङ्ख्या भने कटौती हुनेछ। बहिर्गमन हुन लागेका राष्ट्रपतिले आफ्ना उत्तराधिकारीले शपथग्रहण गरेको हेर्ने अभ्यास छ।

तर कहिलेकाहीँ त्यो परम्परा भङ्ग पनि हुनसक्छ। आफ्ना उत्तराधिकारी बाइडनको सत्तारोहण हेर्न राष्ट्रपति ट्रम्प नजाने भएका छन्।ज्यानुअरी ८ मा ट्वीट गर्दै उनले शपथग्रहण समारोहमा भाग नलिने उल्लेख गरेका थिए। अहिलेसम्म जम्मा तीन जना राष्ट्रपतिहरू – जन एडम्स, जन क्वीन्सी एडम्स र एन्ड्रू जनसन – मात्रै आफ्ना उत्तराधिकारीको शपथग्रहणमा सहभागी नभएको इतिहास छ। अघिल्लो शताब्दीमा कुनै पनि राष्ट्रपति त्यसरी अनुपस्थित भएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *