२०८१ वैशाख ७ गते | 19th of April 2024

बाइडनले गरे अमेरिकाका ४६‍औँ राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ ८ गते ३:३४

       अमेरिका – जो बाइडनले अमेरिकाका ४६‍औँ राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन्। उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका थिए। कमला ह्यारिसले जो बाइडनसँगै उपराष्ट्रपति पदको सपथ लिएकी छन्। उनी उक्त पदमा निर्वाचित प्रथम महिला हुन्।सपथ लिइसकेपछि आफ्नो पहिलो टिप्पणी गर्दै राष्ट्रपति बाइडनले भने, “यो प्रजातन्त्रको दिन हो।””प्रजातन्त्र निकै बहुमूल्य हुन्छ भन्ने हामीले जान्न पाएका छौँ। यो नाजुक हुन्छ र यो क्षणमा प्रजातन्त्रले जितेको छ।

नयाँ राष्ट्रपतिले समारोहमा उपस्थित दुवै पार्टीका आफ्ना पूर्ववर्ती राष्ट्रपतिहरूलाई धन्यवाद पनि दिएका थिए। “उनले राष्ट्रपतिको रूपमा गरेको पहिलो भाषणमा आफूले सामना गर्ने ठूला चुनौतीहरूका बारेमा बोलेका छन्।”

“विनाशकारी महामारी, व्यापक रूपमा बढेको बेरोजगारी, जोखिममा परेको वातावरण, जातीय समानतासम्बन्धी न्यायको लागि भैरहेको माग र पुनः चर्किएको राजनीतिक अतिवाद उनले आफ्ना मुख्य चुनौती मानेका छन्।””यी समस्याका बारेमा बाइडनले आफ्नो समाधानको सूची प्रस्तुत त गर्ने छन् नै तर राष्ट्रपतिको रूपमा पहिलो सम्बोधन गर्दै उनले प्रस्तुत गरेका उपाय होः राष्ट्रिय एकता। “

Leave a Reply

Your email address will not be published. Required fields are marked *