२०८१ वैशाख १४ गते | 26th of April 2024

साङगीतिक क्षेत्रमा नयाँ आयाम थपियो, नवलले ल्याए ‘आश’

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २९ गते ४:२९

नेपाली साङगीतिक क्षेत्रमा नयाँ आयाम थप्देै गायक नवल राईले पहिलो एल्वम ‘आश’ लिएर संगीतमा उदाएका छन । नवलले बुधबार राजधानीमा एक समारोहको आयोजना गरी आफनो गीति एल्वम आशको विमोचन समेत गरे । बरिष्ठ संगीतकार भुपेन्द्र रायमाझीको प्रमुख आतिथ्यतामा संगीतकार शान्तिराम राईको विशेष आतिथ्यतामा एल्वमको विमोचन गरेका हुन ।
नवलले आशमा ५ वटा गीत समावेश गरेका छन । ‘तिमीलाई देखेपछि ‘, ‘ तिमी बिना’, ‘तारा बिना जुन’, ‘ कस्तो प्रेम’,  ‘ओ मेरी प्रिया’,  ‘सिठी बजाउन’  जस्ता बोलका गीत एल्वममा समावेश छन । जसमा संगीत ओमप्रकाश राई र नवल राईले भरेका छन । विमोचन समारोहमा तिमीलाई बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *