२०८१ वैशाख १२ गते | 24th of April 2024

‘भने जस्तो ब्वाइफ्रेण्ड पाएको छैन’- मोडल सरिश्मा मगर

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २९ गते १६:०२

सानै हुँदा टेलिभिजनको स्क्रिनमा मोडल सम्झना बुढाथोकीे नाचेको देख्दा आपूmलाई पनि त्यस्तै नाच्न र अभिनय गर्न मन भएको बताउने सरिस्मा मगर पछिल्लो समयमा चर्चित मोडलका रूपमा परिचित भएकी छन् ।
म्याग्दीमा जन्मेकी उनी सानै चञ्चले स्वाभावकी थिइन् । जब उनले प्लस टु सकेर ब्याचलर पढ्न सुरु गरिन् त्यसपछि मोडलिङ लाग्ने अवसर पनि पाइन् । अहिले उनले एक सय पाँचभन्दा बढी म्युजिक भिडियोमा अभिनय तथा डान्स गरिसकेकी छन् । मोडलिङमा देखाइने ग्ल्यामरलाई उनी सोचाइमा भर पर्ने बताउछिन् । उनी भन्छिन् ‘छोटो लुगा लगाउँदैमा ग्ल्यामर मानिँदैन सारी लगाउँदा पनि ग्ल्यामर देखिन्छ’ यो फिल्डमा लागेपछि ग्ल्यामर देखाउनुपर्छ र यो आवश्यक रहेको उनी बताउछिन् ।

सेक्सलाई उनी प्रकृतिले दिएको उपहारका रूपमा व्याख्या गर्छिन् । उनी भन्छिन् ‘सेक्स प्रकृतिको सुन्दर उपहार हो यो नभई हुदैन ।’ तर, सेक्स गर्ने भन्ने कुरा मनको इच्छाको कुरा हो उनी भन्छिन् । उमेरले २३ वर्षमा प्रवेश गरेकी उनी हालसम्म अविवाहित छन् । विवाहबारे अहिले नसोचेको तर ब्वाइफ्रेन्डको खोजीमा रहेको उनी बताउछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *