२०८१ वैशाख १२ गते | 24th of April 2024

नोबेल शान्ति पुरस्कार विजेता लिउको हिरासतमै मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २९ गते १७:००

काठमाडौं २९ असार । नोबेल शान्ति पुरस्कार विजेता लिउ जियाओबोको ६१ वर्षको उमेरमा चीनको झ्यालखानामा बिहीवार मृत्यु भएको छ । समाचार एजेन्सीहरूका अनुसार लिउलाई क्यान्सर भएको गत मे महिनामा थाहा भएको थियो । क्यान्सरले सिकिस्त भएपछि संसारभरबाट उनको रिहाइका लागि चीन सरकारसँग आग्रह गरिएको थियो । चिनिया कम्युनिस्ट पार्टीको एकदलीय अधिनायकवादी शासनका आलोचक लिउले बितेका ३ दशक नजरबन्द, झ्यालखाना र श्रम शिविरमा बिताएका द वासिङटन पोस्टले जनाएको छ ।
उनलाई ’आधारभूत मानवअधिकारका लागि लामो र अहिंसात्मक संघर्ष’का लागि शान्तिका लागि नोबेल पुरस्कार प्रदान गरिएको थियो । तिआनमेन चोकमा उनले गरेका अनशन र चीनमा एकदलीय शासनको अन्त्यका लागि आवाज उठाएकाले चीनमा उनी प्रख्यात भएका थिए । नोबेल पुरस्कार प्रदान हुँदा पनि लिउ चीनको कारागारमै थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *