२०८१ वैशाख १४ गते | 26th of April 2024

यि यस्ता गिरोह हुन जसले भारतीय तस्करसँग मिलेर चोरीका गाडी नेपाल ल्याइ बेच्ने गरेका थिए

खुल्लामन्च
 प्रकाशित: २०७४ असार ३० गते १७:०८

कञ्चनपुर, ३० असार । भारतीय तस्करसंग मिलेर नेपालमा चोरीका गाडी विक्रि वितरण गर्दै आएका गिरोह पक्राउ परेका छन । उनीहरुले नक्कली कागजात बनाई चोरीका गाडी किनबेच गर्दै आएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कैलालीको भजनी त्रिशक्तिनगर –३ का गोकुल प्रसाद श्रेष्ठ र कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बस्ने हिमाल जोशी रहेका छन । प्रहरीका अनुसार उनीहरुले भारतबाट ८ लाख रुपैयाँसम्ममा चारपांग्रे गाडीहरू मगाउने र नेपालमा १० देखि २५ लाख रुपेयाँ सम्ममा विक्री गर्ने गरेका छन् ।
यस्तै रोयल ईनफिल्ड मोटरसाइकलहरू ७० हजार रुपैयाँ सम्ममा खरिद गरि ३ लाख रुपैयाँ सम्ममा बिक्रि गर्ने गरेको प्रारम्भिक अनुसन्धानवाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक भीम बहादुर दाहालले जानकारी दिएका छन ।
चोरी भएका सवारी साधनहरु महाकाली तथा सेती अञ्चल यातायात कार्यालयमा दर्ता भएकाले त्यसमा सम्बन्धीत कार्यालयका कर्मचारीको पनि मिलिमतो भएको हुनसक्ने उनले बताए । लागिरीमा गाडी नम्बर र दर्ता नम्बर दोहोरिए पछि अनुसन्धान गर्दा नक्कली कागजात बनाइ चोरीका सवारीका साधन किनबेच गर्ने गरेको तथ्य बाहिर आएको प्रहरीले जनाएको छ । प्रहरीले जोशीको साथबाट लेनोभो कम्पनीको ल्यापटप २ वटा, पेन ड्राइभ १ वटा, १ वटा सुनको सिक्री, मोटरसाइकालको ब्लुबुक ९ वटा, कारको ब्लुबुक १ वटा र खाली ब्लुबुक २ वटा बरामद गरेको छ ।
यस्तै, गाभा कम्पनीको मोवाइल १ वटा, चाँदीको ब्रासलेट १ वटा, नगद १ लाख रुपैयाँ, सुस्मिता बमको नामको काठमाडौं बैंकको ११ लाख र ४ लाख रुपैयाँको चेक २ वटा र चक्कु १ वटाबरामद गरेको छ ।
विभिन्न बैंकका चेक ३ वटा र सारिका मल्टीटेडर्स लेखेको बिलको ठेली १ थान बरामद गरेको छ । साथै, उनको साथवाट १० वटा होलोग्राम र सिरियल नं। सहितका सवारी दर्ता प्रमाण पत्र बरामद भएकोमा २ वटा खाली समेत फेला परेको छ ।
प्रहरीका अनुसार श्रेष्ठले भारतीय नागरिकहरु आलोक श्रीवास्तव, सन्नि सरदार, जानी भाई लगायतका भारतीय तस्करहरू सँग सम्बन्ध राखी चोरीका सवारी साधनहरू कम मूल्यमा खरिद गरि ल्याउने गरेको पाइएको छ । यस्तै, यस गिरोहको कैलालीको टिकापुर नगरपालिका–१ मा आफ्नै गोकुल रोयल मोटरसाइकल ग्यारेज समेत रहेको र उक्त ग्यारेजमा चोरीका रोयल इनफिल्ड लगायतका अन्य मोटरसाइकल तथा गाडीहरू ल्याउने, नम्बर परिवर्तन गर्ने र आवश्यक कागजातहरू तयार गर्ने गरेको पायएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ८ वटा जिप बिक्रि गरेको अवस्थामा बरामद भएको छ भने २२ वटा मोटरसाइकल नक्कली कागजात बनाई बिक्रि गरिएको पाइएको छ ।
त्यस्तै, महाकाली यातायात कार्यालयमा म १ च ५१०, म १ च ५१३, म १ च ५१४, म १ च ५२३, म १ च ५२४, म १ च ५२५ र म १ च १८१० गरि ७ वटा कार र सेती यातायात कार्यालयमा से १ च १७८० को कार दर्ता गरिएको प्रहरीले जनाएको छ ।
महाकाली यातायात कार्यालयमा दर्ता भएका १५ वटा चोरीका मोटरसाइकल छन् भने सेती यातायात कार्यालयमा ७ वटा चोरीका मोटरसाइकल दर्ता भएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *