२०८१ वैशाख ७ गते | 19th of April 2024

निर्देशक विक्रम चौहान भ्याइनभ्याइ, माइती घरमा हट मोडल टिकाको नृत्यले मच्चायो धमाका

खुल्लामन्च
 प्रकाशित: २०७४ असार ३१ गते १७:००

काठमाडौं ३१ असार । लोक दोहोरी क्षेत्रमा चर्चित निर्देशकको रुपमा कहलिएको हो विक्रम चौहान । पछिल्लो समयमा विक्रम चौहानको निकै डिमाण्ड चलेको छ लोकदोहोरीको म्युजिक भिडियोमा । उनले निर्देशन गरेका अधिकांश म्युजिक भिडियोहरु चर्चित बनेका छन । त्यसैकारण पनि उनी सबैले रोजाइमा पारेका हुन । यतिबेला उनी तीज गीतको म्युजिक भिडियोमा व्यस्त रहेका छन । उनले निर्देशन गरेको पूर्णकला विसीको स्वरमा रहेको तिज गीत माइती घर… युटयुवमा सार्वजनिक भएको छ । बैकुण्ठ महतको शब्द रहेको उक्त गीतलाई पूर्णकला वि सीको संगीत रहेको छ ।
आशिष म्युजिक प्रालिले बजारमा ल्याएको उक्त गीतको म्युजिक भिडियोमा पछिल्लो समय हट मोडलका रुपमा चर्चामा रहेकी टिका जैशीले अभिनय गरेकी छन । हट मोटल टिका जैशीको आकर्षक अभिनयका कारण पनि यो गीतको म्युजिक भिडियो निकै आकर्षक बन्नुका साथै युटयुवमा अफलोड भएको केही दिनमा नै ८८ हजार भन्दा बढीले हेरिसकेका छन ।  म्युजिक भिडियोमा टिकालाई  डिकेले साथ दिएका छन ।
हेर्नुस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *