२०८१ वैशाख ८ गते | 20th of April 2024

प्रधानन्यायाधीशमा गोपाल पराजुलीको नाम अनुमोदन

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १ गते ५:४३

काठमाडौं, १ साउन । संसदीय विशेष समितिको बैठक आइतबार बसेको छ । बैठकले प्रधानन्यायाधीशमा गोपाल पराजुलीको नाम अनुमोदन गरेको छ । बैठकले पराजुलीलाई सर्वसम्मतीले प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो । न्यायपरिषदले उनलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि समितिले आइतबार सुनुवाई गरेको हो ।
सुनुवाईका लागि उनीविरुद्ध उजुरी गर्न समितिले दिएको समयभित्र कुनैपनि उजुरी नपरेको समितिले जनाएको छ । समितिले नियुक्तिका लागि सिफारिस गरेपछि अब उनलाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *