२०८१ वैशाख १४ गते | 26th of April 2024

राजपाको माग अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री बनाउने पक्षमा होइन

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १ गते १६:५९

काठमाडौं १ साउन । अंगीकृत नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउनका लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) धारणा रहेको हल्ला बजारमा आए पनि उक्त धारणा आफुहरुको नभएको राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले बताएका छन् ।

वीरगन्ज महानगरपालिका– २१ पटेलनगरमा आयोजित पत्रकार सम्मेलनमा संयोजक ठाकुरले अन्तरिम संविधानमा भएको व्यवस्थानुसार नै नागरिकता वितरणका पक्षमा राजपा रहेको प्रस्ट पारे । यद्यपि वैवाहिक अंगीकृत नागरिकता लिएकी महिलाले श्रीमानसरह अधिकार पाउनुपर्ने उनले बताए ।

नेता ठाकुरले मोर्चासँग भएको सहमतिलाई सरकारले पूरा गरे स्थानीय तह निर्वाचनमा सहभागी हुन राजपा तयार रहेको भन्दै निर्वाचनमा सहभागी हुने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरे ।  निर्वाचनमा दल दर्ता गरिए पनि मधेसका माग सम्बोधन नभएसम्म राजपा चुनावमा नजाने उनले स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *