२०८१ वैशाख ७ गते | 19th of April 2024

श्रमिक कप रनिङ शिल्ड फुटसल प्रतियोगिता गोल्फुटारमा

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २ गते १४:४५

काठमाडौं २ श्रावण । काठमाडौंको गोल्फुटारस्थित चउर फुटसलमा श्रमिक कप रनिङ शिल्ड फुटसल प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगिता नेपाल पर्यटन, होटल, क्यासिनो तथा रेष्टुरेन्ट श्रमिक संघले आयोजना गरेको हो । कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल विशेष अतिथि नेपाल ट्रेड युनियन का्रग्रेसका अध्यक्ष खिलानाथ दाहालले उदघाटन गरे ।


उदघाटन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको संगठानिक विस्तार विराटनगरको जुट मिलमा भएको मजदुर आन्दोलनबाट सुरु भएको स्मरण गर्दै ट्रेड युनियनसंगै कांग्रेसको संगठन अगाडि बढेको बताए । नेता पौडेलले सामाजिक लोकतन्त्र नेपालीहरुको मुल मुद्दा भएको र त्यसलाई अगाडि बढाउन नेपाली कांग्रेसलेमात्र सक्ने बताए ।


संघको १८ औँ स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा ९ टिम सहभागी छन । प्रतियोगितामा प्रथम हुनेका लागि रनिङ शिल्ड प्रदान गरिने छ । त्यसैगरी वेष्ट किपर, सर्वाधिक गोलकर्ता र वेष्ट प्लेयर छानिने आयोजक अशोक सेढाइले खुल्लामञ्चलाई बताए । सेढाइका अनुसार प्रतियोगितामा हाउस किपिङ, फुड एण्ड वेभ्रेज, प्रोडक्सन, इन्जिनियरिङ, फाइनान्स, फ्रन्ट अफिस, एयरपोर्ट, लण्ड्री र माइनर टिम सहभागी छन ।

यो पनि पढन नभुल्नु होला
कार्यस्थलबाटै नामावली बनाउन र मतदान गर्न पाउनु पर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *