२०८१ वैशाख १४ गते | 26th of April 2024

विराटनगर नगरसभामा कांग्रेसको बहुमत

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २ गते १५:४२

 

काठमाडौं २ श्रावण । विराटनगर महानगरपालिको नगर सभामा नेपाली कांग्रेसले बहुमत प्राप्त गरेको छ । नगर कार्यपालिकाको सोमबार भएको निर्वाचनमा आफ्नो तर्फका सात सदस्य निर्वाचित भएपछि नगरसभामा कांग्रेसको बहुमत पुगेको हो। विराटनगरमा २९ सदस्यीय नगर कार्यपालिका बनेको छ।

अब नगर सभामा नेपाली कांग्रेसबाट १८, संघीय समाजवादी फोरमबाट ६, एमालेबाट ३ र माओवादी केन्द्रबाट २ जना सदस्य हुनेछन्। प्रमुख र उपप्रमुख स्वतः नगर सभाको प्रमुख र उपप्रमुख हुनेछन्। ५ महिला सदस्यमा भएको निर्वाचनमा ११ जनाले प्रतिस्पर्धा गर्दा कांग्रेसका ४ र माओवादी केन्द्रबाट १ जना विजयी भएका छन्। ९७ जना प्रतिनिधि रहेको नगरसभामा कांग्रेसबाट महिला सदस्यमा सुशीला पोखरेलले ५३ मत, कमला सुब्बाले ५५ मत, शिला श्रेष्ठले ५२ मत र विनादेवी धानुकले ५२ मत ल्याएर निर्वाचित भए। माओवादी केन्द्रकी चम्पा खत्रीले ५२ मत प्राप्त गर्दै विजयी भएकी छन्। पराजित भएकी एमालेकी इन्दिरा गिरीले ४० र सम्झा देवी सरदारले ३८ मत ल्याए।

संघीय समाजवादी फोरमबाट ललितादेवी पासवान ४२, विमला देवी पौदार ३८, शैली यादव ३९ र सरितादेवी साहले ३ मत प्राप्त गरे। दलित तथा अल्पसंख्यक तर्फको ३ सदस्यका लागि ८ जनाले प्रतिस्पर्धा गरेका थिए। तीनवटै पदमा कांग्रेसले जितेको छ। गायत्री कुमारी दास र अरुण खेतानले बराबर ५४ मत र राजेश भुजेलले ५१ मत प्राप्त गरी विजयी भएका हुन्। एमालेका दीपककुमार कर्ण ३७, संघीय समाजवादी फोरमबाट रेखा रानी सिंह ३८, जितेन्द्र ऋषिदेव ३ मत प्राप्त गरे। स्वतन्त्र उम्मेदवारी दिएका भरत ठाकुरले ३९ मत प्राप्त गरे। फोरम लोकतान्त्रिकका बलु राम सरदारले आफ्नो मात्रै एक भोट पाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *