२०८१ वैशाख १३ गते | 25th of April 2024

पेट्रोल पम्प व्यवसायी आन्दोलनमा, तीन दिनसम्म पेट्रोल खरिद नगर्ने

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ३ गते ८:१६

काठमाडौं ३ साउन । पेट्रोल पम्प व्यवसायीहरुले आन्दोलन गर्ने भएका छन । बाग्मती अञ्चलका पेट्रोल पम्प सञ्चालकले मंगलबारदेखि आन्दोलन स्वरुप  तीन दिनसम्म पेट्रोल खरिद नगर्ने घोषणा गरेका छन्।

एक ट्याङ्करमा ९९ लिटरसम्म कम पेट्रोल खरिद गर्नुपरेको भन्दै वाग्मती अञ्चलका पेट्रोल पम्प सञ्चालकहरुले यस विषयमा आफूहरुको माग पूरा नहुँदासम्म पेट्रोल नै नकिन्ने घोषणा गरेका हुन्।

मंगलबार पत्रकार सम्मेलन गरी उनीहरुले पहिलो चरणमा तीन दिनसम्म पेट्रोल नउठाउने आन्दोलन घोषणा गरिएको जानकारी गराएका छन्। साउन २ गतेसम्म सकारात्मक निर्णय कुर्दा पनि सरकार व्यवसायीको मागमा गम्भीर नभएपछि आजै साउन ३ गतेदेखि पहिलो चरणमा ३ दिन पेट्रोल नउठाउने अप्रिय निर्णय गर्न बाध्य भयौुं वाग्मती पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष अच्युतबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

तीन दिनभित्र माग पूरा नभएमा पेट्रोलियम पदार्थको बिक्री ठप्प पार्ने चेतावनी एसोसिएसनले दिएको छ। भारतबाट पेट्रोलियम पदार्थ लिएर काठमाडौं आइपुग्ने ट्याङ्करमा ९९ लिटरसम्म तेलको परिमाण कम हुने भएकाले यो विषयलाई संबोधन गर्न गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो। समितिले एक वर्ष लगाएर प्रतिवेदन बुझाए पनि सरकारले कार्यान्वयन नगरेको पेट्रोलियम डिलरहरुले गुनासो गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *