२०८१ वैशाख ६ गते | 18th of April 2024

नेपालद्धारा मलेसिया ५ विकेटले पराजित

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ३ गते ९:०७

काठमाडौं, ३ साउन । उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको छ ।
पहिले ब्याटिङ गरेको मलेसियाले सबै विकेट जाँदा २५ ओभर ५ बलमा ५८ रन बनाएको थियो ।८ टस जितेर फिल्डिङ रोजेको नेपाली बलिङ निकै उत्कृष्ट रह्यो । नेपालका सन्दिप लामिछानेले ५, पवन सर्राफले ३, किशोर महतो र सन्दिप सुनारले एक एक विकेट लिए । सन्दिप लामिछानेले पहिलो खेलमा सिंगापुरको ५ विकेट लिएका थिए । मलेसियाका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *