२०८१ वैशाख १२ गते | 24th of April 2024

राजतन्त्रको पक्षमा उठन थाल्यो आवाज एक घण्टा माइतीघरमा प्रदर्शन

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ३ गते १६:१४

 

काठमाडौं ३ साउन । राजतन्त्र फर्काउछौ भन्दै एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) ले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ।देशलाई भ्रष्टाचार मुक्त गरौं र राजतन्त्र फर्काऔं भन्ने नारा लगाउँदै प्रदर्शनकारीले करिब एक घण्टा माइतीघरमा प्रदर्शन गरेका थिए। प्रदर्शनकारीले हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था कायम गरौं र नेपालाई भ्रष्टाचार मुक्त देश बनाअौं भन्ने नारा लागाउदै प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता केशरबहादुर विष्ट पनि सहभागी भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *