२०८१ वैशाख ६ गते | 18th of April 2024

लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पगेनी जुवाको खालबाटै पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ४ गते ८:१०

 

काठमाडौ ४ साउन । लोकगायक बद्री पंगेनी लगायत ११ जनालाई मंगलबार राती पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त महाराजगञ्जको टोलीले पंगेनी लगायत ११ जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डिएसपी गोविन्द पुरीले जानकारी दिए।

पुरीका अनुसार गायक पंगेनीलगायत ११ जनालाई जुवा खेल्दै होहल्ला गरिरहेको अवस्थामा पक्राउ गरिएको बताए। पक्राउ परेकाहरुको साथबाट २ लाख नगदसमेत बरामद गरिएको जानकारी उनले दिए। यता  आफू जुवाको खालबाट पक्राउ परेको समाचार सार्वजनिक भएपछि गायक पंगेनीले आफ्नो ध्यानाकर्षण भएको बताएका छन । उनले आफू मंगलबार राति कुनै पनि प्रहरी कार्यालयको हिरासतमा नरही घरमै रहेको दाबी गरेका छन ।

ुमंगलबार साँझ ६ बजेको आसपासमा केही परिचित मित्रहरुलाई प्रहरीले घेरा हालेको सुनेर म के रहेछ भनी बुझ्ने क्रममा महाराजगञ्ज प्रहरी कार्यालयसम्म गएको हुँु, उन भनेका छन । उहाँहरु तास खलिरहेको अवस्थामा समातिनु भएको जानकारी पाएँ । त्यहाँका डिएसपीले कानुन बमोजिम कारवाही हुन्छ भनेपछि म आफ्नो बाटो लागेको हुँ ।ु

गायक पंगेनीले आफू पक्राउ परेको कुराको सिधै खण्डन गरेका छन । । ुजसरी आफैँ पक्राउ परेको भनी मेरो मानमर्दन हुने गरी समाचार आएका छन्, यसप्रति म घोर आपत्ति प्रकट गर्दछुु, उनले विज्ञप्तीमा भनेका छन । ुसाथै, मेरोबारे कुनै भ्रम नराख्नुहुन समस्त शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछु ।ु

Leave a Reply

Your email address will not be published. Required fields are marked *