२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

बढुवाको सुचीमा परेका डिएसपी सञ्जीव शर्मा निलम्बनमा

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ४ गते १६:५७

 

काठमाडौँ ४ । बढुवाको सुचीमा परेका डिएसपी सञ्जीव शर्मा निलम्बनमा परेका छन । प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि उनी हालै मात्र सिफारिसमा परेका थिए । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले शर्मालाई निलम्बन गर्न निर्देशन दिएका छन ।

पाँच वर्षअघि रामेछापको लिखु गाउँकी १४ वर्षीया सुन्तली तामाङको बलात्कारपछि हत्यामा संलग्नलार्इ उन्मुक्ति दिलाउन भूमिका खेलेका शर्माले पीडित पक्षको उजुरीसमेत नलिइ अभियुक्तलार्इ भारततर्फ भाग्न सहयोग गरेको आरोप लागेको छ । शर्मालार्इ निलम्वन गर्न गृहमन्त्री शर्माले निर्देशन दिएका हुन ।

ुसामाजिक सञ्जाल तथा सञ्चारमाध्यमले डिएसपी सन्जीव शर्मा दासबारे उठाउनु भएको प्रश्नले बढुवा गर्दा भएको त्रुटिपूर्ण निर्णय सच्याउन मद्दत पुग्योु, मन्त्री शर्माले भनेका छन ुसबैमा हार्दिक धन्यवाद । सन्जीव शर्माबारे थप अनुशन्धान गर्ने गरी निलम्बन गर्न निर्देशन दिएको जानकारी गराउछु ।ु

१४ वर्षीया सुन्तलीलार्इ बलात्कारपछि हत्या गरी एकपटक पक्राउ परेर छुटेर फरार भएका श्याम राउतलाई प्रहरीले ५ वर्षपछि भारतको अण्डमान निकोबार टापुबाट पक्राउ गरेको थियो । उनैलार्इ भगाउनका लागि डिएसपी सन्जीव शर्माले भूमिका खेलेको पीडित पक्षको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']