काठमाडौं, ७ साउन । शनिबार पार्टी कार्यालय सानेपामा बसेको नेपाली कांग्रेसको बैठकमा केन्द्रीय सदस्यले पार्टी भित्रको गुटबन्दी हटाएर नागरिकको विश्वास जितेर सत्ता सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको तेश्रो चरणको चुनावमा पार्टीलाई जिताउन प्रभावकारी भूमिका खेल्नुपर्नेमा पनि जोड दिएका छन् ।
बरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु बलबहादुर केसी, महेश आचार्य, फरमूल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, भीष्मराज आङ्दम्वे, आनन्दप्रसाद ढुंगाना, चन्द्र भण्डारी लगायत २० जना नेताहरुले धारणा राखेका थिए ।
बोल्न बाँकी पार्टी पदाधिकारी तथा नेताहरुले आइतबारको बैठकमा आफ्नो धारणा राख्ने कार्ययोजना रहेको छ । बैठक आइतबार बिहान ८ बजे फेरि बस्नेछ ।