२०८१ वैशाख १३ गते | 25th of April 2024

समाचारको प्रभाव: आफ्नै छोरी कुट्ने बाबुसहित पाँच जनालाई ज्यान मार्ने उद्योगको मुद्दा दर्ता, प्रहरी इनिस्पेक्टर सहित कारबाहीमा

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ७ गते १६:२७

 

काठमाडौं ७ साउन । दलित युवकसंग प्रेम गरेको भन्दै आफ्नै छोरी कुट्ने बाबुसहित पाँच जनालाई प्रहरीले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको छ। रुपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिका–६, हिडुलीकी १७ वर्षीया मनिता यादवलाई दलित युवक स्थानीय २१ वर्षीया दिनेश लोधसँग प्रेम गरेको भन्दै परिवारका सदस्यले नै निर्घात कुटपिट गरेका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । भिडियो सहित खुल्ला मञ्च डटकमले प्रेम गरेको भन्दै युवतीमाथि चरम यातना, प्रहरी प्रशासनद्धारा पीडकलाई उन्मुक्ति शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।
यस अघि प्रहरी प्रशासनले पीडकलाई उन्मुक्ति दिदै आएको थियो । आर्थिक लाभको आशंकामा प्रशासनले नियम अनुसार पीडकलाई कारवाही गर्नु पर्ने ठाउमा पीडित केटाबाट पैसा तिराइ पीडकलाई पुरस्कृत गरेको समाचार प्रकाशन गरेको थियो ।
कानुन विपरित प्रशासन लागेको भन्दै बनाएको समाचारको प्रभावले युवतीलाई कुटने बाबु सहित शुक्रबार बाबु इन्द्रल यादवसहित तीन जनालाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा ज्यान मार्ने उद्योग मुद्दा चलाएको प्रहरीले जनाएको छ।

यसरी कुटेका थिए युवतीलाई 

https://www.youtube.com/watch?v=q6LpDHD4hAA

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले किशोरीलाई कुट्ने बाबु इन्द्रल यादव, ठुलो बुवा लालमन यादव, उनकी श्रीमती, दाइ दिनेश यादव र छिमेकी पशुपती कोइरीविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र धानुकले जानकारी दिए।
धानुकले इन्स्पेक्टर उदयसिंह सिजापतिलाई पनि विभागीय कारबाही गरिने बताएका छन् । इन्सपेक्टर सिंजापतिले घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयमा जानकारी नगराई काममा लापरवाही गरेको भन्दै उनी माथि विभागिय कारवाही अगाडि बढाइएको हो । सिंजापतिलाई जिल्ला प्रहरी कार्यालयमा तानेर स्पष्टिकरण सोधिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *