२०८१ वैशाख ७ गते | 19th of April 2024

२४ घण्टाभित्र गाडी, ल्यापटप र आइफोन फिर्ता गर्न सचिव गोपिनाथ मैनालीलाई आयोगको पत्र

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ८ गते १६:५४

 

काठमाडौं, ८ साउन । सचिव गोपिनाथ मैनालीलाई २४ घण्टाभित्र गाडी, ल्यापटप र आइफोन फिर्ता आग्रह गरेको छ । प्रधानमन्त्री कार्यालयमा सरुवा भएर गएको लामो समयसम्म पनि गाडी फिर्ता नगरेको भन्दै सचिव मैनालीलाई निर्वाचन आयोगले २४ घण्टाभित्र गाडी, ल्यापटप र आइफोन फिर्ता गर्न आग्रह गरेको हो ।
सचिव मैनालीलाई निर्वाचन आयोगले पत्र लेखेरै बा २ झ ४४९ नम्बरको ल्याण्डक्रुजर प्राडो गाडी, ल्यापटप र आइफोन सेभेन मोबाइल फिर्ता गर्न आग्रह गरेको छ ।
निर्वाचन आयोगका आयुक्तहरुले विलासी गाडी किन्न खोज्दा नमानेपछि आयुक्तहरुकै आग्रहमा सचिव मैनालीको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *