२०८१ वैशाख ७ गते | 19th of April 2024

एनआरएनए प्रति नरम बने प्रचण्ड , भने – ‘यो बुर्जुवाहरुको संंस्था होईन रहेछ’

खुल्लामन्च
 प्रकाशित: २०७८ असोज १४ गते १३:२४

काठमाडौं – एकीकृत नेकपा (माओबादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपालको बिकासमा प्रबासमा रहेका नेपालीहरुको महत्वपूर्ण योगदान हुने बिचार व्यक्त गर्नु भएको छ । बुधबार राती उक्त पार्टीको प्रबास संयोजन समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले विदेशमा प्राप्त अनुभव, ज्ञान र सीपले देशको बिकासमा योगदान हुने बताउनु भएको अष्ट्रेलियाबाट पत्रकार मनऋषि धितालले जानकारी दिनु भयो ।

एक घण्टा लामो आफ्नो प्रशिक्षणात्मक मन्तव्यमा प्रचण्डले अब आफु नयाँ ढंगले पार्टी निर्माण र सुद्धिकरणमा लागेको भन्दै कसैले पनि पार्टीलाई निजि स्वार्थपूर्तिको भाँडो बनाउन नहुने बिचार राख्नु भयो । प्रचण्डले कम्युनिस्ट पार्टीहरुबीच एकता र ध्रुविकरणको पहल सुरु गरिएको बताउँदै माधव नेपाल, मोहन बैध, बाबुराम भट्टराई, उपेन्द्र यादव र बिप्लव लगायतका नेताहरुसंग सम्बाद चलेको बताउनु भयो । उहाँले आफुहरु र अहिले सरकारी गठबन्धन अमेरिकासंग आर्थिक सहयोग र अनुदान लिन नहुने मान्यतामा नरहेको बिचार ब्यक्त गर्दै केपी ओलीको मन्त्रिपरिषदले एमसीसीलाई गिजोलेर बिबादास्पद बनाएकोले दलहरुबीच समझदारी र रास्ट्रीय एकता नगरी यसलाई अगाडी नबढाइने पनि बताउनु भयो । आफुहरुलाई सरकारी गठबन्धन र जनताबीचको एकता अहिले एमसीसी भन्दा मुख्य भएको प्रचण्डको भनाई थियो । पुर्वप्रधानमन्त्री प्रचण्डले एनआरएन पहिले बुर्जुवाहरुको संंस्था भनेर त्यहाँ सहभागी नहुनु आफुहरुको संकीर्णता भएको भन्दै अब आफ्ना समर्थकहरुलाई पनि एनआरएनमा संगठित भएर देशको सेवामा सहभागी हुन सुझाव दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *