२०८१ वैशाख ६ गते | 18th of April 2024

मेरिल्यान्डमा श्रष्टा भेला -२ : महत, कार्की र श्रेष्ठलाई सम्मान गरिने

खुल्लामन्च
 प्रकाशित: २०७८ कार्तिक १३ गते २२:५९

मेरिल्याण्ड  –  श्रष्टा भेला-२ मा  यसपाली मेरिल्याण्डका तीन अग्रजहरु क्रमश: वैकुण्ठमान श्रेष्ठ, डा. श्याम कार्की तथा प्रेमराजा महतलाई बिशेष सम्मान गरिने  भएको छ ।

“ईश्वर तैंले रचेर फेरी किन यो बिगारिस्
शृष्टिको फूल रोपेर फेरी किन यो चुडाईस्”
– महाकवी लक्ष्मी प्रसाद देवकोटा

“श्रष्टा भेला ~ २” कार्यक्रममा विभिन्न क्षेत्रहरुमा नेपाली समुदायलाई विशिष्ट योगदान दिनुहुने मेरिल्याण्ड राज्यका तीन अग्रजहरुलाई विशेष सम्मान गरिने भएको छ । उक्त भेला कार्यक्रममा अग्रजहरु क्रमस वैकुण्ठमान श्रेष्ठ,डा. श्याम कार्की तथा प्रेम राजा महतलाई बिशेष सम्मान गरिने आयोजकले जनाएका छन् ।

महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११३ औं जन्मजयन्तीको शुभ अवसर उक्त श्रष्टा भेला ~ २ को कार्यक्रम हुन् लागेको हो । साथै दिपावली, छ्ठ, न्ह्युँ दया भिन्तुनाको शुभवसरमा शुभकामना आदानप्रदान अनि साहित्यिक सर्जक र अनुरागीहरुको जमघट हुने हुँदा त्यसै मौकामा ३ अग्रजहरुलाई सम्मान गर्ने कार्यकम रहेकोले उक्त दिन सबैलाई आमन्त्रण गरिएको छ ।

साथै उक्त कार्यक्रम साहित्यमा रुचि भएका स्थानीय प्रतिभाहरुको प्रस्तुति पनि गरिने छ । आयोजकका अनुसार समसामयिक नेपाली चित्रकला, मूर्तिकला र कलाकारकाे संरक्षण तथा सम्बर्द्धन र नेपाली साँस्कृतिक धराेहरकाे जगेर्नामा वि.सं.२०३० सालदेखि अनवरतरूपमा समर्पित कलाकार, समाजसेवी तथा अग्रज श्रष्टा “वैकुण्ठमान श्रेष्ठ”लाई बिशेष सम्मान गरिने छ ।

त्यसै गरि झन्डै ५० बर्ष देखि अमेरिकामा बस्दै आउनु भएका समसामयिक नेपाली भाषा, साहित्य र धार्मिक मूल्य र मान्यताहरुकाे संरक्षण तथा सम्बर्द्धन र नेपाली धार्मिक धराेहरहरुकाे प्रवर्द्धनमा वि.सं. २०३२ सालदेखि अनवरतरूपमा समर्पित समाजसेवी, अभियन्ता तथा अग्रज श्रष्टा डा श्याम कार्कीलाई बिशेष सम्मान गरिने छ ।

त्यस्तै समसामयिक नेपाली लोक गीत, संगीत र कलाकारहरुकाे संरक्षण तथा सम्बर्द्धन गर्दै नेपाली लोक संस्कृति र धराेहरहरुकाे प्रवर्द्धनमा वि.सं. २०३६ सालदेखि अनवरतरूपमा समर्पित समाजसेवी, अभियन्ता तथा अग्रज श्रष्टा प्रेम राजा महतलाई पनि बिशेष सम्मान गरिने छ ।

सरस्वतीका वरदपुत्र महाकवि लक्ष्मी प्रसाद देवकोटाको आउदै गरेको ११३ औ जयन्तीमा श्रष्टा भेला – २ कार्यक्रम अक्टोबर ३१ आइतबारका दिन बिहान ११ बजे मेरिल्याण्ड राज्यको बाल्टिमोरको उच्च स्थानमा रहेको सुन्दर हिन्दु बुद्ध मन्दिरको प्रांगणमा हुनेछ ।

प्रवेश निशुल्क
– श्रष्टा भेला – २ आयोजक परिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *