२०८१ वैशाख ७ गते | 19th of April 2024

एनआरएनए निर्वाचन स्थगित, विवाद सामाधानका लागि चार सदस्यीय समिति गठन

खुल्लामन्च
 प्रकाशित: २०७८ मंसिर २९ गते २३:०१

काठमाडौं – गैर आवसीय नेपाली संघको आसन्न निर्वाचन स्थगन भएको छ । यही डिसेम्बर महिनाको २६ र २७ तारिख मिति तय गरिएको एनआरएनएको केन्द्रीय निर्वाचन ‘संस्थाभित्रको विवाद सामाधान नभएकोले निर्वाचन स्थगित गरिएको’ जनाईएको छ । एनआरएनए अध्यक्ष कुमार पन्तले विज्ञप्ती जारी गर्दै हाललाई निर्वाचन कार्यतालिका स्थगित भएको जनाएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रीय समन्वय समिति  आइसीसीका अध्यक्ष कुमार पन्तले विवाद समाधानका लागि चार सदस्यीय कमिटी गठन गरेका छन् ।

डिसेम्बर १५ तारिखको मिति राखेर अध्यक्ष पन्तद्वारा हस्ताक्षरित पत्रमा विवाद समाधानका लागि आफुले संरक्षकहरु, सल्लाहकारहरु र सरोकारवाला सबैसंग छलफल जारी राखेको  पनि बताएका छन् ।

उनले सबै पक्षसँग संवाद र सहमतिका आधारमा समस्या समाधान गर्न चार सदस्यीय समिति गठन गरिएको जनाएका छन् । समितिमा संघका केन्द्रीय सल्लाहकार विश्वआदर्श पण्डित, डा.यादव पण्डित, सचिव गौरीराज जोशी र प्रवक्ता डिबी क्षेत्री रहेका छन् ।

समितिलाई के कस्तो अधिकार दिइएको छ र समितिले कहिलेसम्म समाधानका उपाय निकाल्ने भन्ने पत्रमा उल्लेख छैन । एनआरएनएले आइसीसीको निर्वाचन आगामी डिसेम्बर २६ र २७ तारिख तोकिएको छ भने मनोनयन भोलि डिसेम्बर १६ तारिख हुने तालिका रहेकोेमा आजै निर्वाचन समितिले निर्वाचन मिति बाहेकको निर्वाचन सम्बन्धि अन्य तालिका स्थगित गरेको सूचना जारी गरेको छ ।                   

समिति गठनमा कार्यसमिति भित्रै आपत्ति

यसैबीच अध्यक्ष पन्तद्वारा गठित समिति गठनको कार्यसमितिका अधिकासले विरोध गरेका छन् । उपाध्यक्ष सोनाम लामाले यस्तो समिति अमान्य रहेको बताएका छन् ।उपाध्यक्ष लामाले अध्यक्ष पन्तको पत्रबारे आफुलाई कुनै जानकारी नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *