२०८१ वैशाख ८ गते | 20th of April 2024

नामावली दर्ता गर्न घण्टौसम्म लाइनमा बस्नु पर्ने वाध्यता

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ९ गते ८:३८

काठमाडौं ९ साउन । प्रदेशसभा र केन्द्रिय संसदको निर्वाचन प्रयोजनका निर्वाचन आयोगले मतदाता नामावली संकलन सुरु गरेको छ । साउन १ गतेदेखि ७ सय ४४ वटै स्थानीय तहबाट नामावली संकलन भइरहेको निर्वाचन आयोगले जनाएको छ । नामावली दर्ता ो स्थानीय निकाय तथा निर्वाचन कार्यलयहरुमा नाम दर्ता गर्नेहरुको भीड लागेको छ । काठमाडौं जिल्ला निर्वाचन कार्यलयमा दैनिक पाँच सयको हाराहारीमा नाम दर्ता गर्ने गरेकको जिल्ला निर्वाचन कार्यलयका सुब्बा विनोद थापाले खुल्लामञ्चलाई जानकारी दिए । थापाका अनुसार  दैनिक ४ र ५ सय हाराहारीमा नाम दर्ता गर्दै आएको भएपनि आइतबारबाट उक्त संख्या बढेर २ हजार पुगेको जानकारी दिए । विदाको दिन र शनिबार समेत नामावली दर्ता गर्न सकिने ले विनोद थापाले बताए । निर्वाचन आयोगले स्थानीय तहमा नामावली दर्ता गर्ने मिति साउन १ गतेदेखि १५ सम्म तोकेको छ । तर, जिल्ला निर्वाचन कार्यलयबाट भने निर्वाचनको मिति नतोकेसम्मा दर्ता गर्न सकिने आयोगले जनाएको छ ।

अधिकांसले १६ गतेसम्म मात्र दर्ता हुन्छ भन्ने बुझाइका कारण जिल्ला निर्वाचन कार्यालयमा भीड लाग्ने गरेको पाइएको छ । जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा नामावली दर्ता गर्न पुगेकाहरुको भनाइ छ । तर निर्वाचन आयोगले स्थानीय तहबाट साउन १६ गतेको अवधि थपेर साउन ३२ गते सम्म नामावली दर्ता सकिने बताएको छ । भने जिल्ला निर्वाचन कार्यालयहरुबाट भने निर्वाचनको मिति नतोकेसम्मका लागि दर्ता खुल्ला रहने आयोगको विज्ञप्तीमा उल्लेख छ । आयोगद्वारा जारी बिज्ञप्ति 

जिल्ला निर्वाचन कार्यलय काठमाडौंमा नामावली दर्ता गर्ने संख्या अधिक भएका कारण निर्वाचन कार्यलयलाई व्यवस्थापन गर्न निकै गाह्रो भएको छ । ६ वटा स्टल बनाइ फोटो खिच्ने व्यवस्था गरिएपनि घण्टौ सम्म लाइन बस्नु पर्ने वाध्यता रहेको छ । निर्वाचन कार्यलयले सहज तरिकाले व्यवस्थापन नगरेका कारण नाम दर्ता गर्न जानेहरुलाई शास्ती भएको नाम दर्ता पुगेका बालकृष्ण दाहाल बताउछन । दाहालका अनुसार निर्वाचन कार्यालयले फारम भर्ने छुट्टै लाइन र फोटो खिच्ने र अनलाइन फारम भर्ने अर्को लाइन गरेका कारण घण्टौ सम्म लाइनमा बस्नु परेको बताउछन । उनी भन्छन छोरीको नामावली दर्ता गर्न आएको निर्वाचन कार्यलयको व्यवस्थापन राम्रो नभएका कारण घण्टौसम्म लाइन बस्नु परेको छ ।

अन्य जिल्लाको पनि नामावली दर्ता गर्न सकिने भएपछि बाह्य जिल्लाका अधिकांश मानिसहरु नामावली दर्ता गर्न पुगेका छन । जसका कारण निर्वाचन कार्यलयमा भिड लागेको निर्वाचन कार्यलयका कर्मचारी बताउछन ।  यस अधि निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमा पुगेर नाम लेखाउनु पर्ने सुचना जारी गरेको थियो तर जिल्ला निर्वाचन कार्यालयमा पुगेर नाम लेखाउनु कठिन भएको भन्ने व्यापक गुनासो आएपछि स्थानीय तहसम्मै संकलन गरिने व्यवस्था मिलाएको तथा जिल्ला निर्वाचन कार्यालय तथा क्षेत्रीय निर्वाचन कार्यलयहरुबाट भने अन्य जिल्लाका मतदाताका लागि पनि उनीहरु हाल रहेकै जिल्लाको निर्वाचन कार्यालयमार्फत नाम दर्ता गराउन सक्ने व्यवस्था पनि मिलाइएकोे छ ।

समय थप
साउन १ देखि १५ दिनका लागि मतदाता नामावली संकलनको समय छुट्याएको निर्वाचन आयोगले उक्त तालिकालाई परिमार्जन गर्दै निर्वाचनको मिति घोषणा नभएसम्मका लागि मतदाता नामावली संकलनलाई जारी राख्ने निर्णय गरेको थियो । “गाउँपालिका र नगरपालिका कार्यालयहरुमार्फत साउनको १६ गते देखि ३२ गते सम्म नाम दर्ताको कार्यक्रम संचालन गरिने तथा जिल्ला निर्वाचन कार्यालयले भने हाल संचालन गरिरहेको दर्ता संकलन निर्वाचनको मिति घोषणा नहुञ्जेल जारी राख्नेछ,“ आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।


जुनसुकै जिल्लाको निर्वाचन कार्यालयमार्फत जुनसुकै जिल्लाका मतदाताले नाम दर्ता गर्न सक्ने निर्णय भएको छ । प्र्रवक्ता शर्माका अनुसार जुनसुकै जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा गएर मेरो ठेगान यो हो अनि मेरो नाम मतदाता नामावलीमा नाम समावेश हुनु पर्यो भनेर फारम भर्न सकिन्छ । तर प्रदेशसभा वा केन्द्रिय संसद कुनै पनि तहको निर्वाचनको मिति साउन महिनाभित्र घोषणा भएमा, मतदाता नामावली संकलनको काम भने प्रभावित हुने छ ।


यसपटकको मतदाता नामावली संकलन प्रभावित नहोस् भनेर उक्त कानुनी व्यवस्थामा परिवर्तनका लागि सरकारलाई जानकारी गराइसकेको छ । जस अनुसार निर्वाचन मिति घोषणा भएको १५ दिन सम्म पनि मतदाता नामावली संकलन गर्न पाइने व्यवस्थाको प्रस्ताव गरिएको प्रवक्ता शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *