२०८१ वैशाख १३ गते | 25th of April 2024

शिवशक्ति कल्याणी केन्द्रद्धारा पशुपतिमा बोलबम महोत्सवको आयोजना

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १० गते ८:२१

शिवशक्ति कल्याणी केन्द्रद्धारा काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा १७ दिने धार्मिक महोत्सव सञ्चालन गर्ने भएको छ । यस अघि विभिन्न धार्मिक कार्यक्रम एवम अनुष्ठानहरु सम्पन्न गर्दै आएको केन्द्रद्धारा यसपटक भने शिवमहापुराण पितृ महामृत्युञ्जय महायज्ञ,बाह्र ज्योर्तिलिंगहरु,विभिन्न देवी देवताहरुको दर्शन पुजन तथा बोलवम महोत्सव आयोजना गर्न लागेको हो ।

महोत्सव २०७४ श्रावण १३ गतेदेखि ३० गतेसम्म चल्ने आयोजकलेब बताएका छन् । महोत्सवमा सबै हिन्दुधर्मावलम्वीहरुलाई सहभागी हुन आग्रह गर्र्दै आयोजकहरुले महोत्सवबाट प्राप्त भएको दान रकमबाट चितवनको देवघाटधाममा महिला बेदविद्याश्रम निर्माण गरिने बताएका छन् । महोत्सव पशुपतिनाथ मन्दिरस्थीत बनकाली क्षेत्रमा माधवराज सुमार्गी स्मृति भवन अगाडी सञ्चालन गरिने आयोजकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *