२०८१ वैशाख ७ गते | 19th of April 2024

भन्सार विन्दुमा अनलाइनबाट राजस्व भुक्तानी

खुल्लामन्च
 प्रकाशित: २०७८ माघ ११ गते १४:५०

काठमाडौं – भन्सार विन्दुमा अनलाइनबाट राजस्व भुक्तानीको पाइलट परियोजनाको परीक्षण सफल भएको छ । यससँगै भन्सारमा नगदरहित कारोबारको बाटो खुलेको भन्सार विभागले जनाएको छ । पुस एक गतेदेखि परीक्षणको रुपमा सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जबाट सुरु गरिएको अनलाइनमा आधारित भुक्तानी प्रणाली सफल भएको भन्सार विभागका निर्देशक एवम् सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए ।

सुख्खा बन्दरगाहको सफल परीक्षणसँगै देशभरका २४ थप भन्सार कार्यालयहरुबाट यो सेवा बुधबारदेखि सुरु गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको भन्सार विभागले जनाएको छ ।