२०८१ वैशाख ८ गते | 20th of April 2024

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ‘ड्राइ रन’ रेल सेवा सुरु

खुल्लामन्च
 प्रकाशित: २०७८ फागुन १ गते १३:३१

काठमाडौं –   धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ‘ड्राइ रन’ रेल सेवा सुरु भएको छ । धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवास्थित रेल स्टेशनमा पार्किङ गरी राखिएको रेल आइतबारबाट सुरु भएको हो ।

नियमित रेल सञ्चालन पूर्व ड्राइ रन सञ्चालन गरिएको छ । नियमित रेल सञ्चालनमा अवरोध नहोस् भन्ने उद्देश्यले  आजदेखि प्रत्येक दिन एक पटक कुर्था–जयनगरसम्म ड्राइ रन रेल सञ्चालन गरिएको  हो  । रेल सञ्चालन भए पनि त्यसमा यात्रु नबोक्ने नै ड्राइ रनको क्रममा फल्टहरु फेलापरेमा मर्मत गरिने  छ।