२०८१ वैशाख १२ गते | 24th of April 2024

मार्च ६ तारिख, आईतवार – नेजस साउदर्न क्यालिफोर्नियाको बिशाल बनभोज कार्यक्रम

खुल्लामन्च
 प्रकाशित: २०७८ फागुन ८ गते २१:५७

लस एन्जलस – नेपाली जनसम्पर्क समिती, अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरले लस एन्जलसमा ‘बिशाल बनभोज कार्यक्रम’ आयोजना गर्ने भएको छ । साउदर्न क्यालिफोर्नियामा सकृय बिभिन्न सामाजिक संस्थाहरुसंगको सहकार्य एवम सह-आयोजनामा आगामी महिना मार्च ६ तारिख, आईतवारका दिन आयोजना गरिने बनभोज कार्यक्रममा समुपस्थितिका लागि नेजस साउदर्न क्यालिफोर्निया च्याप्टरका सभापती मदन पाठकले हार्दिक अनुरोध गरेका छन ।

कोरोना कहरले केही बर्ष पातलिएको मिलनलाई सामाजिक सद्भावको अर्को खुड्किलो बनाउन र नयाँं सम्बन्ध विस्तारसंगै आपसी सम्बन्ध र भाईचारालाई प्रगाढ बनाउन यो बनभोजको आयोजना गरिएको बताईएको छ । कोरोना कहर अगाडी सामाजिक मेलमिलापको नाराले नियमित बनभोज आयोजना गर्दै आएको नेपाली जनसमपर्क समिती अमेरिका, साउदर्न क्यालिफोर्निया च्याप्टरले यसपाली भने सबै संस्थाहरुलाई आयोजक बनाएर सौहार्दपूर्ण मिलन र नयाँं सम्बन्धको एउटा शिराको रुपमा बनभोज गर्न लागेको बताईएको छ ।

‘महामानव बि पि कोईरालाको राष्ट्रिय मेलमिलापलाई सात समुन्द्र पारेको प्रवासमा सामाजिक मिलापको हेतुले कोरोना कहरमा कतै बल्झिएको सम्बन्धलाई अहिले केही खुकुलो भएको बखत सद्भाव र एकतालाई एकरुपता दिन बनभोज आयोजना गरिएको’ बताउंछन, नेजस च्याप्टर सभापती पाठक । उनकानुसार कार्यक्रममा अमेरिकामा रहेका बिभिन्न संस्थाका पदाधिकारीहरुको समेत उपस्थिती रहनेछ ।

अनिलकुमार ओलीको संयोजकत्वमा आयोजना गरिने कार्यक्रम ब्यबस्थापनको लागि बिभिन्न समिती गठन पनि गरिएको छ । भने आगन्तुकहरुलाई प्रवेश नि:शुल्क गरिएको छ ।

लामो समयदेखी हुन नसकेको नेपाली जनसम्पर्क समिती, अमेरिकाको अधिबेशन हुनुपर्ने बातावरण सिर्जना गर्नका लागि नेजस, साउदर्न क्यालिफोर्नियाको यो कार्यक्रम एउटा जमर्को पनि हुनेछ ।

कार्यक्रम जानकारी :

स्थान : 18750 Clarkdale Ave, Artesia, CA 90701
मिती : मार्च ६ २०२२ आईतबार
समय : बिहान 10 – बेलुका 5
प्रबेश : नि:शुल्क

नेजस, साउदर्न क्यालिफोर्निया च्याप्टरका सभापती मदन पाठकद्दारा जारी वक्तब्य :

आदरणीय दाजु-भाई तथा दिदी-बहिनीहरु,
सामाजिक एकता, आपसी सद्भाव, बन्धुत्व र भाईचाराका हिसाबले नेपाली जनसमपर्क समिती, अमेरिका, साउदर्न क्यालिफोर्निया च्याप्टर यही समुदायमा यहाँ हरू संगै हातेमालो गर्दै आईरहेको कुरा अवगत गराउन चाहन्छौं ।
बिशुद्ध सामाजिक सेवा र सामुदायिक हितका लागि सदैव अग्रसर रहने हाम्रो एउटै उदेश्यका साथ नेपाली जनसंपर्क समिती, अमेरिका, साउदर्न क्यालिफोर्निया च्याप्टरले विगत बर्षहरु जस्तै यस बर्ष पनी ‘बिशाल बनभोज कार्यक्रम – २०२२’ को आयोजना गरेको बिनम्रतापुर्वक जानकारी गराउन चाहन्छौं ।
महामानव बिश्वेश्वरप्रसाद कोईरालाले शुरुवात गर्नुभएको मेलमिलापको नितीको अनुसरण गर्दै हामी बिदेशीएका नेपाली हरूको ब्यस्त दिनचर्या र परदेशको थकानलाई एक दिन भए पनि भुलाएर एकै ठाउंमा हामी सबै भेलाभएर एउटै भांडामा पाकेको भात संगै बसेर खांदै मनाउने यो बनबोझ पक्कै पनि तपाईंको जिवनको अबिस्मरणीय पल हुनेछ र हामी यसलाई यादगार बनाउन प्रयत्नरत छौं ।
आयोजनाका लागि आयोजना मात्रै नभएर खेल, खाना, बालबालिकाहरुका लागि कार्यक्रम, संगित र मनोरन्जनलाई प्राथमिकताका साथ समाबेश गरी ‘एक दिन मात्र भने पनि भरपुर आनन्द लिन’ सामुदायिक एकता र बन्धुत्वका लागि हामीले यो कार्यक्रम आयोजना गरेको जानकारी गराउन चाहन्छौं ।
एकताको अमुल्य सहभागीताका लागि नेपालिज अमेरिकन सामुदायिक उपस्थितिमा अग्र स्थानमा रहेको ग्रेटर लस एन्जसलवासीहरुको बिशाल मन, भाईचाराको आपसी सम्बन्ध, कार्यगत एकता र एउटै सामाजिक गन्तब्यमा पुग्ने समान गन्तब्यको बाटोलाई चुस्त र सजिलो बनाउने हिसाबले हामीले यस बर्ष पनि बनभोज कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेका हौं ।महिनौं देखीको कामको थकानलाई मेटाउन एक दिनको बनभोज प्रयाप्त नभए ता पनि बन्धुत्वको यो प्रयासको हाम्रो निरन्तरतालाई सबैले साथ दिनुहुने विश्वाश लिएका छौं ।
दिनानुदिन झांगिदै गएको साउदर्न क्यालिफोर्नियन नेपाली सामुदायिक सदस्यहरु बिचको एकताको सम्बन्धलाई अझै प्रभावकारी बनाउन खेल, संगित, बालबालिकाका कार्यक्रमहरु समाबेश बनभोजले हामी सम्पूर्ण नेपाली हरू एकतृत भई सामाजीक कार्यमा सदैव संगै हुने विश्वाश गरेका छौं ।
हामी हामी बिचको दु:ख सुख साटासाट एकदिनले मात्र पक्कै पुग्दैन या सकिंदैंन तरपनि यो एकदिनलाई बर्ष भरिकै उत्कृष्ट र यादगार दिन बनाउन आउनुहोस्, मनका बह हांसेर, गाएर, खेलेर, खाएर, बोलेर, रमाएर, दु:ख भुलेर र नाचेर शेयर गरौं ।
तपाईं हरू सबैको उपस्थितिको मात्र हामी ब्यग्रताका साथ प्रतिक्षा गरिरहेका छौं ।
यहाँहरुको गरिमामाय उपस्थितिले कार्यक्रमको शोभा बढ्नेछ ।
स्वागतका खातिर ब्यग्र
मदन पाठक
सभापती
नेपाली जनसंपर्क समिती, अमेरिका
साउदर्न क्यालिफोर्निया च्याप्टर
लस एन्जलस, क्यालिफोर्निया, अमेरिका ।
अनिल कुमार ओली
संयोजक
बनभोज कार्यक्रम – २०२२
मुल आयोजक समिती
नेजस, साउदर्न क्यालिफोर्निया च्याप्टर
लस एन्जलस, क्यालिफोर्निया, अमेरिका ।
स्थान:~ 18750 Clarkdale Ave, Artesia, CA 90701
मिती :~ मार्च ६ २०२२ आईतबार
समय :~ बिहान 10 – बेलुका 5
प्रबेश:~ निशुल्क
साथै लस एन्जलसमा अवस्थीत संघ संस्था हरू ।