२०८१ वैशाख १४ गते | 26th of April 2024

सदस्यता शुल्क नबुझाउने एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदमध्ये पाँच देशका राष्ट्रिय समिती भंग

खुल्लामन्च
 प्रकाशित: २०७८ फागुन १९ गते १४:१२

काठमाडौं  –     गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्द्रिय समितिले शेष घले नेतृत्वको  संरक्षक समिति र एनआरएनए उच्चस्तरीय समिति विघटन गरेको छ।बुधबार बसेको एनआरएनएको ८२ औं बैठकले समिती विघटन गर्ने निर्णय गरेको हो। यस्तै बैठकले केन्द्रलाई सदस्यता शुल्क नबुझाउने अन्तर्राष्ट्रिय समन्वय परिषदमध्ये पाँच देशका राष्ट्रिय समितीसमेत भंग गरी पूनर्गठन गर्ने निर्णय गरेको छ।

एनआरएनएमा सबैभन्दा धेरै सदस्य भएका देशहरू अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानाडा र जापानले केन्द्रलाई शुल्क नतिरेको भन्दै पुनर्गठन गर्ने निर्णय गरेको हो। हाल एनआरएनएका करिब १ लाख सदस्यमध्ये अमेरिकामा करिब २० हजार, अष्ट्रेलियामा करिब १५ हजार, बेलायतमा करिब १३ हजार, जापानमा करिब ५ हजार र क्यानाडामा झण्डै ४ हजार सदस्य छन्। अस्ट्रेलियाको हकमा भने कार्य समितीबाट शुल्क तिर्ने प्रस्ताव अनुमोदन भए पनि नेतृत्वको हठका कारण पैसा केन्द्रमा पुगेको थिएन।  एनआरएनए विवाद समाधान उच्चस्तरीय समितिको बुधबार दुई पटक बैठक बसेको थियो। बैठकको शुरूमा अध्यक्ष कुमार पन्तले संरक्षक समितीको भूमिका र उच्चस्तरीय विवाद समाधान समितिको कामबारे विस्तारमा सुनाउँदै असन्तुष्टि जनाएका थिए। बैठकमा पक्षबिपक्षबीच मतमतान्तर भए पनि बहुमतले उक्त प्रस्ताव पास गरेको थियो।

बैठकले मार्चको २१ र २२ तारिख तोकिएको निर्वाचनको कार्यतालिका तलमाथि नगरी महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ।