२०८१ वैशाख ६ गते | 18th of April 2024

नेवा समाज, लस एन्जलसद्दारा आयोजित म्ह: पूजा अक्टोबर २६ तारिख बुधवार

खुल्लामन्च
 प्रकाशित: २०७९ कार्तिक ५ गते ०:२३

लस एन्जलस – नेवा अर्गनाईजेशन अफ अमेरिका, लस एन्जलसले आफ्नो स्थापना कालदेखी मनाउंदै आएको म्ह: पूजाको आयोजना गर्दैछ । आगामी अक्टोबर २६ तारिख बुधवार आयोजना गरिने म्ह: पूजाको कार्यक्रम बेलुकी ५ बजेदेखी १० बजेसम्म संचालन हुने जनाईएको छ ।

कार्यक्रममा पहिलो पूजा समुह ६ बजेदेखी ७:३० बजेसम्म र दोस्रो पूजा समुहको कार्यक्रम ८:०० बजेदेखी ९:३० बजेसम्म संचालन हुने बताईएको छ । लेकवूड नगरको शाही महल ब्याक्वैंट हलमा आयोजना हुने कार्यक्रमलाई भब्य बनाउन संस्थाले अनुरोध गरेको छ । नेपाली तथा नेवारी संस्कृतिको बिशेष म्ह: पूजामा स्थानिय वासिन्दाहरुको सहभागिता रहदै आएको छ ।

कार्यक्रम अग्रिम रजिस्ट्रेशनको लागि तलको लिन्क क्लिक गर्नुहोला :

नेवा अर्गनाइजेशन, लस एन्जलस म्ह: पूजा – २०२२