२०८१ वैशाख १५ गते | 27th of April 2024

क्यालिफोर्नियामा नेपाली दुतावासको कन्सुलर सेवा हुंदै

खुल्लामन्च
 प्रकाशित: २०७९ कार्तिक १८ गते २१:४०
लस एन्जलस – नेपाली दुतावास अमेरिकाले क्यालिफोर्निया राज्यमा आफ्नो ‘कन्सुलर सेवा’ को आयोजना गर्दै छ । लस एन्जलसमा आगामी नोभेम्बर महिनाको २४ र २५ तारिख र सान्फ्रान्सिस्कोमा आगामी नोभोम्बर महिनाको २७, २८ र २९ तारिख आयोजना हुने सेवा शिविरमा यस् क्षेत्रबाट वाशिङ्टन डिसी जाने झन्झटको फाईदा लिन आग्रह गरिएको छ ।
अवैतनिक महावाणिज्य दुतावास, श्रीपशुपती बुद्ध मन्दिर, एनआरएनए अमेरिका, क्यालिफोर्निया च्याप्टर र नेपाली एशोसियसन अफ नर्दर्न क्यालिफोर्नियाको संयुक्त तत्वाअवाधानमा आयोजना हुने शिविरमा पासपोर्ट, नागरिकता,
एनआरएनए कार्ड, वारीसनामा लगायतका समस्याहरुको हल गर्न उपस्थित हुन क्यालिफोर्नियाका लागि अवैतनिक महावाणिज्यदुत ऋषी ढकालले अनुरोध गर्नुभएको छ ।
लस एन्जलस र सान्फ्रन्सिस्को राज्यमा हुने सेवा शिविर कार्यक्रमबारेको जानकारी :
अवैतनिक महावाणिज्यदूताबास क्यालिफोर्निया , श्री पशुपतिनाथ फाउन्डेसन यु. एस. ए, ( SPFU), नेपाली एसोसिएसन अफ नोर्दन क्यालिफोर्निया (NANC) र NRNA क्यालिफोर्निया च्याप्टर सङको सहकार्यमा क्यालिफोर्निया राज्यको लस एन्जेलस र सान फ्रान्सिस्कोमा संचालन हुने कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना !
नेपाली राजदूतावास, वाशिङ्गटन, डि.सी. ले क्यालिफोर्निया राज्यको लस एन्जेलस र सान फ्रान्सिस्को शहरस्थित देहायको स्थान, मिति र समयमा त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी कन्सुलर सेवा शिविरमार्फत निम्न बमोजिमका कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम तय गरेकोले आफूलाई पायक पर्ने स्थानबाट आवश्यक सेवा लिन राजदूतावास सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ।
कन्सुलर सेवा शिविर आयोजना हुने स्थान, मिति र समय :
लस एन्जलस :
स्थानः Shree Pashupatinath and Buddha Mandir
10843 Kenney St, Norwalk, CA 90650
मितिः नोभेम्बर 24 -25, 202२
पहिलो दिन: बिहान १० बजेदेखि साँझको ६ बजेसम्म (दिउँसो २-३ बजेसम्म Lunch Break)
दोस्रो दिन: बिहान ९ बजेदेखि साँझको ५ बजेसम्म (दिउँसो 1-2 बजेसम्म Lunch Break)
सान फ्रान्सिस्को :
स्थानः Hotel Sonesta
5555 Shellmound St, Emeryville, CA 94608
मितिः नोभेम्बर 27-29, 202२
समयः बिहान ९ बजेदेखि साँझको 5 बजेसम्म (दिउँसो 1-2 बजेसम्म Lunch Break)
स्थानीय सम्पर्क व्यक्ति:
Mr. Rishi Punnakhar Dhakal, Honorary Consul General of Nepal, San Diego, CA
Cell No: +1(626) 320-2437
कन्सुलर सेवा शिविरबाट प्रवाह हुने सेवाहरुः
क) राहदानी नविकरण (202३ नोभेम्बर सम्म बहालअवधि रहेका सेवाग्राहीहरुले आफ्नो राहदानी नविकरण गर्न सक्ने)
ख) गैर आवासीय नेपाली परिचयपत्र (NRN ID)
ग) अधिकृत वारेसनामा (Power of Attorney)
उल्लेखित सेवाहरु प्राप्त गर्न आवश्यक कागजात, शुल्क र प्रक्रियाबारे जानकारीको लागि राजदूतावासको वेबसाइट https://us.nepalembassy.gov.np को होमपेजमा रहेको “Consular Services” मेनुमा गई हेर्न सकिनेछ।
क) विद्युतीय राहदानी (e-Passport)
आवेदन दिने तरिका
https://emrtds.nepalpassport.gov.np/ मा गई राहदानीका लागि अनलाइन आवेदन फाराम भर्नुपर्नेछ।
• फाराम भर्दा आवेदन दिने स्थान NE, Washington DC छनौट गर्नु पर्नेछ।
• प्राविधिक कारणले उल्लिखित मितिमा समय उपलब्ध नभएमा November महिनामा उपलब्ध कुनै पनि मितिमा appointment मिति र समय छनौट गरी फाराम भर्न सकिनेछ। जुनसुकै मितिको appointment लिई फाराम भरेको भएतापनि शिविरबाट सेवा उपलब्ध गराइनेछ।
(नोटः अनलाईन फाराम भर्दा आफ्नो कम्प्युटर वा ल्यापटप वा मोबाईलको Date and Time Setting मा गई Time Zone “Kathmandu, Nepal” छनौट गर्नुहुन अनुरोध गरिन्छ। शिविरका लागि विद्युतीय राहदानी Appointment Booking नोभेम्बर ०५ मा खुला गरिनेछ।)
• Appointment Date and Time छनौट गरी सम्पूर्ण विवरण भरिसकेपछि अन्त्यमा barcode सहितको PDF फाराम download गर्नु पर्नेछ। (डाउनलोड गरिएको फारामको दाँयापट्टि छेउमा र bottom मा बारकोड रहेको देख्न सकिनेछ।)
• उक्त बारकोडसहितको फारामको scanned PDF copy, राहदानी र नागरिकताको फोटोकपी attach गरी नोभेम्बर ०५ अगावै verification का लागि दूतावासको इमेल ठेगानामा [email protected] (Los Angeles को लागि) र [email protected] (San Francisco को लागि) मा ईमेल पठाउनु पर्नेछ।
फाराम verify नगरी निवेदकले भरेको details/data retrieve गर्न नसकिने र सो नभई biometrics लिन नसकिने भएकोले फारामलाई verification को लागि अनिवार्य रुपमा नोभेम्बर १५ भित्र दूतावासमा माथि उल्लेखित ईमेलमा पठाउनुपर्नेछ। अन्यथाः शिविरबाट सेवा प्राप्त गर्न सकिने छैन।
• डाउनलोड गरिएको फारामको प्रिन्ट प्रति तथा अन्य आवश्यक कागजातसहित माथि उल्लेखित तोकिएको स्थान र समयमा आवेदक स्वयम् उपस्थित हुनुपर्नेछ।
आवश्यक कागजातहरु:
• सक्कल नागरिकता र सोको प्रतिलिपि।
• नाबालकको हकमा नाबालक परिचयपत्र तथा बाबु र आमा को नागरिकताको प्रतिलिपि।
• सक्कल राहदानी र सोको प्रतिलिपि।
• Biometrics का लागि रीतपूर्वक अनलाईन फाराम (https://emrtds.nepalpassport.gov.np/) भरी सोको बारकोड सहितको प्रिन्टआउट प्रति।
• नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. 150 (३४ पाना) र अ.ड. २०० (६४ पाना) को मनी अर्डर (हराएको र बिग्रिएको राहदानीको हकमा दोब्बर दस्तुर अर्थात् अ.ड. 300 र अ.ड. ४००)। तर, १० बर्ष भन्दा मुनिका नाबालकको हकमा नवीकरण अ.ड. ७५ र हराएको/बिग्रिएको हकमा अ.ड. १५०।
• नयाँ राहहदानी प्रिण्ट भई राजदूतावासले राहदानी विभागबाट प्राप्त गरिसकेपछि सम्बन्धित आवेदकको ठेगानामा पठाउन पहिले नै पैसा तिरीसकेको आफ्नो पूरा ठेगाना लेखेको फिर्तिखाम (Self Addressed Prepaid Return Envelope)।
राहदानी सेवा सम्बन्धी अन्य प्रक्रिया, आवश्यक कागजात दूतावासमा नियमित आवेदन दिँदा गरिने प्रक्रिया सरह हुनेछ । विस्तृत जानकारीको लागि https://us.nepalembassy.gov.np/passport/ मा गई हेर्न सकिनेछ।
ख) गैर आवासीय नेपाली परिचयपत्र
• सेवाग्राहीले https://us.nepalembassy.gov.np/…/2017/02/NRN-ID-FORM1.pdf मा गई रीतपूर्वक भरेको आवेदन फारामको प्रिन्टेड कपी।
• गैर आवासीय परिचयपत्र हराएको हकमा स्थानीय प्रहरीले जारी गरेको प्रहरी प्रतिवेदन (Police Report)।
• नेपाली मुलुकका विदेशी नागरिकले विदेशमा प्राप्त गरेको Naturalization Certificate र सोको प्रतिलिपी।
• नेपाली मूलका विदेशी नागरिकले प्राप्त गरेको उक्त देशको राहदानी र सोको प्रतिलिपी ।
• नेपाली मूलको भएको जनाउने कागजात, जस्तै- साविकको नेपाली नागरिकताको प्रतिलिपि वा नागरिकता परित्याग गरेको भए सोको प्रतिलिपी,
वा,
• बाबु/आमा/हजुरबुबा/हजुरआमा मध्ये कुनै एकको नेपाली नागरिकताको प्रमाणपत्र वा नेपाली मूलको भएको जनाउने अन्य कुनै कागजात (जस्तै नाता प्रमाणित)।
• साबिकको नेपाली राहदानीको प्रतिलिपी।
• हाल बसोबास गरेको मुलुकमा व्यापार/व्यवसाय गरिरहेको भएको सोको प्रमाण।
• कुनै पेसा/रोजगारीमा संलग्न रहेको भएको सोको प्रमाण।
• चारप्रति पासपोर्ट साइजको फोटो।
• नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. 520 को मनी अर्डर वा क्यासियर चेक।
• गैर आवासीय नेपाली परिचयपत्रका लागि आवश्यक पर्ने कागजातहरुका बारेमा थप जानकारीका लागि https://us.nepalembassy.gov.np/nrn-id/ मा गई हेर्न सकिनेछ।
ग) अधिकृत वारेसनामा
• सम्बन्धित आवेदक वा कानून व्यवसायीले नेपाली कागजमा तयार गरेको लिखत।
• सम्बन्धित आवेदक वा कानून व्यवसायीले नेपाली राजदूतलाई सम्बोधन गर्दै लेखेको निवेदन।
• अधिकृत वारेसनामा (अ.वा.) दिनेको नेपाली नागरिकताको सक्कल र सोको प्रतिलिपी।
• अधिकृत वारेसनामा लिनेको नागरिकताको प्रमाणित प्रतिलिपी।
• अ.वा. लिने दिने दुबैको हालसालै खिचिएको दुई/दुई प्रति फोटो।
• अ.वा. दिनेको स्थायी आवास अनुमतिपत्र (Green Card) वा Visa Status।
• गैरआवासीय नेपाली परिचयपत्रको सक्कल तथा सोको प्रतिलिपि (नेपाली मूलका अमेरिकी नागरिकको हकमा)।
• जुन प्रयोजनका लागि अ.वा. दिने हो सो सम्बन्धी सक्कल वा प्रमाणित कागजात, जस्तै- जग्गा बेचबिखनको हकमा लालपुर्जाको सक्कल, कर तिरेको रसिद वा सोको प्रमाणित प्रतिलिपी, सम्बन्ध विच्छेदका लागि विवाह दर्ताको सक्कल वा सोको प्रमाणित प्रतिलिपी।
• नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. 200 को मनी अर्डर।
• दूतावासबाट वारेसनामा प्रमाणित भएपछि आवेदकलाई पठाउन पहिलेनै पैसा तिरीसकेको आफ्नो पूरा ठेगाना लेखेको फिर्ति खाम (Self Addressed Prepaid Return Envelope)।
• अधिकृत वारेसनामा प्रमाणीकरणका लागि आवश्यक पर्ने कागजातहरुका बारेमा थप जानकारीका लागि https://us.nepalembassy.gov.np/power-of-attorney/ मा गई हेर्न सकिनेछ।