२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

क्यालिफोर्नियामा एभरेस्ट फेडरल क्रेडिट युनियनको शाखा खोलिदैं, ‘कन्सुलर सेवा’ कार्यक्रम युनियनको जानकारीमुलक सेवा हुंदै

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७९ कार्तिक २३ गते १९:२४

लस एन्जलस – नेपालीहरुको पहलमा सन २०१८ मा स्थापित एभरेस्ट फेडरल क्रेडिट युनियनको शाखा क्यालिफोर्नियामा पनि छिट्टै खोलिने भएको छ । युनियनका पधाकारीहरु र क्यालिफोर्नियावासीहरुसंगको बैठकले युनियनको शाखा विस्तार गर्ने जमर्को गरेको छ । संस्थाका बोर्ड मेम्बर तथा क्रेडिट इन्भेस्ट्मेन्ट चेयर डिल्ली भट्टराईको पहलमा आयोजित जूम बैठकमा लामो समयदेखी शाखा विस्तार गर्ने चाहनालाई मुर्त रुप दिन तदारुकताका साथ लागि पर्ने जनाईएको छ ।

क्यालिफोर्नियाका लागि अवैतनिक महावाणिज्यदुत ॠषी ढकाल, क्रेडिट युनियनका अध्यक्ष मोहन ज्ञवाली तथा बोर्डका पदाधिकारीहरु, क्यालिफोर्नियामा सकृय नेपाली संस्थाका पदाधिकारीहरु लगायत उपस्थित शुभचिन्तकहरुले क्रेडिट युनियन्को क्यालिफोर्निया शाखा विस्तारको लागि सक्दो सहयोग र सहभागीता जनाउने प्रतिवद्धता जाहेर गरे ।

यसैविच यही महिनाको २४ र २५ तारिख लस एन्जलसमा हुने नेपाली दुतावासको ‘कन्सुलर सेवा’ र सान्फ्रान्सिस्कोमा २७, २८ र २९ मा हुने सोही कार्यक्रममा क्रेदित युनियनका पदाधिकारीहरुबाट संस्थाको जानकारीमुलक कार्यक्रमको आयोजना गरिने बताईएको छ ।

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']